पुर्तिघाट । कालिगण्डकी गाउँपालिका गुल्मीमा ६३.०१ प्रतिशत मत खसेको छ ।
निर्वाचन अधिकृत कार्यालय पुर्तिघाटका निर्वाचन अधिकृत तुलसिराम अर्यालका अनुसार गाउँपालिकाको १८ मतदान केन्द्रबाट ६३.०१ प्रतिशत मत खसेको हो ।
कुल १५२७७ मतदाता रहेको पालिकामा ९६३७ मत खसेको छ । 
७ ओटा वडा रहेको पालिकामा वडा नम्बर १ हर्मिचौरमा १२३८ मत खसेको छ । त्यस्तै वडा नम्बर २ अर्बेनीमा १५५९ मत, वडा न ३ जयखानीमा ६२९ मत, वडा ४ पुर्तिघाटमा १०४० मत, वडा नम्बर ५ फोसिङ्ममा १३५२ मत, वडा नम्बर ६ खडगकोटमा २०२५ मत र वडा नम्बर ७ भुर्तुङमा १७९४ मत खसेको निर्वाचन अधिकृत अर्यालले जानकारी दिए ।
पालिकाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको पनि अर्यालले जानकारी दिए ।
निर्वाचन अधिकृत कार्यालयले सर्वदलीय बैठक बसेर आजैदेखि मतगणना थाल्ने तयारी गरेको छ । पालिकाको १८ ओटा मतदान केन्द्रबाट मतपेटिका संकलन गरिसकेपछि मतगणना सुरु गर्ने गरी तयारी थालिएको छ । 


















प्रतिक्रिया