६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

कञ्चनपुरमा कांग्रेस र माओवादीको अग्रता



कञ्चनपुर । कञ्चनपुरका नौ पालिकामध्ये नेपाली कांग्रेसले यहाँका चार पालिकामा जारी मतगणनामा अग्रता लिएको छ ।

महाकाली पारीको दोधारा चाँदनी नगरपालिकामा नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार गोपाल भट्टले ६०० मत गणना हुँदा ३२६ र नेकपा (एमाले)का उम्मेदवार किशोर लिम्बूले २३९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी बेल्डाडी गाउँपालिकामा पनि नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार हरिषचन्द्र राना र उपाध्यक्षमा शान्ति नाथले सुरुआती अग्रता लिएका छन, भने उनलाई एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । बेल्डाडीमा अध्यक्षमा कांग्रेसका रानाले १९१ मत पाउनु भएको छ भने उपाध्यक्षमा कांग्रेसकै नाथले २७२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी सो पालिकामा एमालेका अध्यक्षका उम्मेदवार अक्कलबहादुर विष्टले ११६ र उपाध्यक्षमा फुलकुमारी रानाले २२३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी बेलौरी नगरमा नेकपा (माओवादी केन्द्र)का नगरप्रमुखका उम्मेदवार पोतिलाल चौधरीले अग्रता लिएका छन । बेलौरीमा एक हजार ३८३ मतगणना हुँदा माओवादीका चौधरीले ५२० मतसहित अग्रता लिएका छन् ।

सो पालिकामा एमालेका नगरप्रमुखका उम्मेदवार कमला बोहराले ४२४ मत ल्याएका छन् भने नेपाली कांग्रेसबाट नगरप्रमखुका उम्मेदवार बनेका होसियार विष्टले ३४० मत प्राप्त गरेका छन्।

उता लालझाडी गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार बनेका श्रीकृष्ण रानाले अग्रता लिएका छन् । वडा नं ६ मा वडाध्यक्षसहित प्यानल कांग्रेसको विजयी भइसकेको छ । हालसम्मको गणनाअनुसार कांग्रेसका श्रीकृष्णले ६०१ मत, एमालेका अध्यक्षका उम्मेदवार निर्मल रानाले ५५२ मत र माओवादीका अध्यक्षका उम्मेदवार मदन सेन बडायकले ४४३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी भीमदत्त नगरमा पनि नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटीले नगर प्रमुख पदमा सुरुआती अग्रता लिएका छन् । यहाँ एक सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार बोगटीले ५३ र एमालेका नगरप्रमुखका उम्मेदवार महेश पन्तले १४ मत प्राप्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजेन्द्र पाण्डेयले १५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी यहाँको बेदकोट र शुक्लाफाँटा नगरमासमेत गणना सुरु भएको छ । भने अन्य पालिकामा पनि शनिबार दिउँसोदेखि गणनाको तयारी गरिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : ३१ बजे

म्यानचेस्टर सीटीका फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी

काठमाडौं । फिल फोडेन यस सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडी

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका-४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारीखण्ड १६

बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, अन्य २ जना घाइते

बुटवल । बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको

बैंगलुरु आइपिएलको प्लेअफमा प्रवेश

काठमाडौं । चेन्नइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु