२४ बैशाख २०८१, सोमबार | May 6, 2024

गोविन्दराज जोशीका छोराले कुटाई खाएको तनहुँको रिस्तीमा पुनः मतदान हुने



तनहुँ । तनहुँको व्यास नगरपालिका–८ रिस्तीस्थित साविकको रिस्ती गाविसको भवन फेदीको मतदान केन्द्रमा फेरि मतदान हुने भएको छ । शुक्रबार भएको मतदानलाई रद्द गर्दै ४ जेठमा मतदान गर्ने निर्णय निर्वाचन आयोगले गरेको व्यासका मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र ढुंगानाले जानकारी दिएका छन्।

यो मतदान केन्द्रमा शुक्रबार निरीक्षणमा गएका स्वतन्त्र मेयर पदका उम्मेद्वार दिपकराज जोशीलाई कांग्रेस कार्यकर्ताले आक्रमण गरेर घाइते बनाएका छन् । उनको दमौली अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि पोखराको फिस्टेल हस्पिटल लगिएको थियो । पोखराबाट शनिबार विहान काठमाडौँस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ ।

रिस्तीको मतदान नभएसम्म व्यासको मतगणना सुरु नहुने ढुंगानाले बताए । ‘रिस्तीमा मतदान भएपछि एकैचोटी मतगणना थालिनेछ’, उनले भने । शनिबार साँझ नै नेपाली कांग्रेसले भने मतगणना सुरु गर्न माग राख्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दबाब दिएको थियो ।

नेपाली कांग्रेसका साधरण सदस्य समेत नरहने गरेर कारबाहीमा परेका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी समुहले जिल्लाको व्यास नगरपालिका, भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा नेकपा एमालेसँग तालमेल गर्दै स्थानीय निर्वाचनमा होमिएको थियो । व्यासमा स्वतन्त्रको तर्फबाट मेयरमा उम्मेद्वारी दिएको दिपकराज जोशीपुत्र हुन् ।

नेकपा एमाले र गोविन्दराज जोशी समूहले रिस्तीमा पुनः मतदान गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा पत्र पठाएका थिए । नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकाल र गोविन्दराज जोशी समूहका तर्फबाट हरिशरण पण्डितले शुक्रबार प्रेस विज्ञप्ती सार्वजनिक गरी गाविस भवन फेदीमा भएको मतदान स्थल (क) र (ख) केन्द्रमा भएको मतदान प्रकृया स्थगन गरी पुनः भयरहित वातावरणमा मतदान नभए मतगणनामा सहभागी नहुने चेतावनी दिएका थिए । रिस्ती गाविस भवन फेदीको मतदानस्थलको ‘क’ र ‘ख’ मा गरेर एक हजार ५६६ मतदाता रहेकोमा ९२२ मत खसेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ०४ बजे

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । ललितपुरको महालक्ष्मिस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष