१४ चैत्र २०८२, शनिबार | March 28, 2026

माडी-१ मा राप्रपा र ९ मा माओवादी केन्द्र विजयी



चितवन । नेपाली कांग्रेसको गण मानिने माडी नगरपालिका-१ मा राप्रपाले वडाध्यक्ष जितेको छ । राप्रपाका अमित लामाले १४ सय ३३ मत ल्याएर विजयी भएका हुन् ।

उनी यसअघि सोहि वडाको वडा सदस्य थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जीवन चौधरी गुरौले ९४३ मत ल्याए भने एमालेका टिकाराम सुवेदीले १२६ मत मात्रै प्राप्त गरे । सदस्यमा पनि राप्रपाकै उमेदवार विजयी भएका छन् । राप्रपाका अप्सरा सुवेदी, दिपेन्द्र महतो, दलित महिला सदस्यमा गुना धमाला लोहार र कांग्रेसका जय नारायण लामिछाने निर्वाचित भए ।

माडी-९ को अध्यक्षमा माओवादीका घनश्याम दवाडीले जितेका छन् । दवाडीले १ हजार १८ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धी एमालेका शिवहरी सुवेदीले ५०८ मत मात्रै प्राप्त गरे । राप्रपाका कुलबहादुर दुराले ४६९ मत ल्याए । यसअघि यस वडामा एमालेका सुवेदीले जितेका थिए ।

वडा सदस्यमा गठबन्धनबाट कांग्रेसकी विना थापा, दलित सदस्यमा माओवादीकी हरिमाया विक र खुला सदस्यमा कांग्रेसका नारायणदत्त अधिकारी र मोहन सिंह स्याङतान विजयी भए ।

इच्छाकामना गाउँपालिका-२ को अध्यक्षमा एमालेका पञ्चबहादुर चेपाङ विजयी भए । उनी ६८३ मत ल्याएर दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः निर्वाचित भएका हुन् ।

गठबन्धनबाट अध्यक्षका उमेदवार माओवादीका प्रकाश बुढाथोकीले ५१४ मत प्राप्त गरेपनि निर्वाचित हुन सकेनन् । २०७४ मा पनि चेपाङ र बुढाथोकीबीच नै प्रतिस्पर्धा भएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ८ : ४९ बजे

पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल

जुम्लाको तिला गाउँपालिका कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु

जुम्ला । जिल्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा

परराष्ट्रमन्त्री खनाललाई चिनियाँ समकक्षीले दिए बधाई

काठमाडौं । चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर

ओली र लेखकको गिरफ्तारी गैरकानुनी रहेको एमालेको ठहर

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले नेकपा एमालेले अध्यक्ष केपी

प्रधानमन्त्री बालेन्द्रलाई चिनियाँ समकक्षीले दिए बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह