२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

जननेता मदन भण्डारीको स्मृतिमा यु-१४ क्रिकेट प्रतियोगिता हुने



बुटवल । उमेर समुहका खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका साथ रुपन्देहीमा यु-१४ लिग क्रिकेट प्रतियोगिता हुने भएको छ। नेकपा एमालेका पूर्व महासचिव मदन भण्डारीको स्मृतिमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही जिल्लाको आयोजनामा जेठ ३ गतेबाट मदन भण्डारी स्मृति यु-१४ लिटिल स्टार क्रिकेट प्रतियोगिता २०७९ हुने भएको हो।

आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको सबै तयारि पूरा भएको अध्यक्ष मणिरत्न भण्डारीले बताए। रुपन्देहीका युवा खेलाडीहरुलाई ट्यालेन्ट हन्टमार्फत छनौट गरेर ४ वटा समुहका बिचमा लिग चरणको प्रतियोगिता गरिने उनले बताए।

बुटवल, देवदह, सैनामैना, तिलोत्तमासहित अन्य जिल्लाबाट समेत गरि करीब १ सय जना खेलाडीहरुबाट अन्तिम चरणमा ६४ जना छनौट भएको स्प‍ोर्टस एकेडेमीका केन्द्रीय क्रिकेट विभाग प्रमुख शक्ती गौचनले जानकारी दिए । भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने प्रतियोगिता २५ ओभरको खेलाईने खेल जेठ ६ गतेसम्म संचालन हुने उनले बताए।

एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले युवाहरुलाई एकतावद्ध गरि खेलभावना विकास गर्ने लक्ष्यसहित देशभर विभिन्न खेलकुद गतिविधि गर्दै आएको बताए। राष्ट्रिय खेलाडी उत्पादन गर्ने आधार उमेर समुहका प्रतियोगिता भएको भन्दै यसलाई निरन्तरता दिने उनले बताए। जिल्ला सचिव गंगाराम सुनारले रुपन्देही क्रिकेटको उवरर्भुमि भएको भन्दै पुर्वाधार विकास र प्रतियोगितामा जोड दिन जरुरी रहेको बताए।

पत्रकार सम्मेलनमा प्रतियोगिताको टिसर्ट सार्वजनिक गरिएको थियो । जननेता मदन भण्डारीको २०५० साल जेठ ३ गतेकै दिन चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनाबाट मृत्यु भएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ५ : ३५ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा