२३ भदौ २०८३, मंगलबार | September 8, 2026

सिद्धार्थनगरको मेयरमा कांग्रेसको अग्रता कायमै



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको स्थानीय तह निर्वाचनमा कांग्रेसले सुरुवातबाट नै अग्रता कायम राखेको छ । १३ वटा वडा रहेको नगरमा हाल सम्म २ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ । ३२ हजार ६७ मत खसेको रुपन्देहीमा ४ ठाउँमा मतगणनाको काम चलिरहेको छ ।

भैरहवास्थित भैरहवा नमुना माविको हलमा भइरहेको मतगणनामा कांग्रेसबाट उम्मेदवार रहेका इस्तियाक अहमद खान अगाडि जाँदै गर्दा उनलाई पछ्याउँदै राप्रपाका उम्मेदवार सागर प्रताप राणा छन् ।

यस्तै एमालेको डाक्टर रामप्रसाद बस्याल पनि करिब आधाकै फराकिलो अन्तरमा छन् । २ वटा वडाको नतिजा आउँदा वडा नम्बर १ मा जनता समाजवादी पार्टीका उज्ज्वल पोखरेल विजयी भएका छन् ।

वडा नम्बर १ मा पोखरेलले ७ सय ५८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका यामबहादुर थापाले ७ सय ३० मत प्राप्त गरेका छन् । यस्तै वडा नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका छेदीलाल श्रीवास्तव ४ सय ४३ मतका साथ विजयी भएका छन् । १ हजार ८ सय ४५ मत रहेको वडामा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एसका सुनिलकुमार पुनले ४ सय ३६ मत प्राप्त गरेको निर्वाचन कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

यस्तै वडा नम्बर ३ र ४ को मतगणना जारी छ । वडा नम्बर ३ मा माओवादी र राप्रपाले लिड गरिरहेका छन् भने वडा नम्बर ४ मा पनि राप्रपाकै अग्रता छ ।

यस्तै उपप्रमुखतर्फ पनि सिद्धार्थनगरमा कडा प्रतिस्पर्धा छ । राप्रपाबाट उम्मेदवारी दिएकी विनीता गुप्ताले अग्रता लिएकी छन् । गुप्ताले २ हजार ७३ मत प्राप्त गर्दा नेकपा एमालेकी उमा अधिकारीले १ हजार ५ सय ९० मत ल्याइएकी छन् । यस्तै माओवादीका तर्फबाट गठबन्धनकी उम्मेदवार कमला थापाले १४ सय ४४ मत ल्याउँदै तेस्रो स्थानमा रहेकी छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ६ : ३६ बजे

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज