४ पुस २०८२, शुक्रबार | December 19, 2025

सिद्धार्थनगरको मेयरमा कांग्रेसको अग्रता कायमै



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको स्थानीय तह निर्वाचनमा कांग्रेसले सुरुवातबाट नै अग्रता कायम राखेको छ । १३ वटा वडा रहेको नगरमा हाल सम्म २ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ । ३२ हजार ६७ मत खसेको रुपन्देहीमा ४ ठाउँमा मतगणनाको काम चलिरहेको छ ।

भैरहवास्थित भैरहवा नमुना माविको हलमा भइरहेको मतगणनामा कांग्रेसबाट उम्मेदवार रहेका इस्तियाक अहमद खान अगाडि जाँदै गर्दा उनलाई पछ्याउँदै राप्रपाका उम्मेदवार सागर प्रताप राणा छन् ।

यस्तै एमालेको डाक्टर रामप्रसाद बस्याल पनि करिब आधाकै फराकिलो अन्तरमा छन् । २ वटा वडाको नतिजा आउँदा वडा नम्बर १ मा जनता समाजवादी पार्टीका उज्ज्वल पोखरेल विजयी भएका छन् ।

वडा नम्बर १ मा पोखरेलले ७ सय ५८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका यामबहादुर थापाले ७ सय ३० मत प्राप्त गरेका छन् । यस्तै वडा नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका छेदीलाल श्रीवास्तव ४ सय ४३ मतका साथ विजयी भएका छन् । १ हजार ८ सय ४५ मत रहेको वडामा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एसका सुनिलकुमार पुनले ४ सय ३६ मत प्राप्त गरेको निर्वाचन कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

यस्तै वडा नम्बर ३ र ४ को मतगणना जारी छ । वडा नम्बर ३ मा माओवादी र राप्रपाले लिड गरिरहेका छन् भने वडा नम्बर ४ मा पनि राप्रपाकै अग्रता छ ।

यस्तै उपप्रमुखतर्फ पनि सिद्धार्थनगरमा कडा प्रतिस्पर्धा छ । राप्रपाबाट उम्मेदवारी दिएकी विनीता गुप्ताले अग्रता लिएकी छन् । गुप्ताले २ हजार ७३ मत प्राप्त गर्दा नेकपा एमालेकी उमा अधिकारीले १ हजार ५ सय ९० मत ल्याइएकी छन् । यस्तै माओवादीका तर्फबाट गठबन्धनकी उम्मेदवार कमला थापाले १४ सय ४४ मत ल्याउँदै तेस्रो स्थानमा रहेकी छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ६ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको