२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

यु–१४ लिग क्रिकेट प्रतियोगितामा भैरहवा र सैनामैना विजयी



बुटवल । जननेता मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा मंगलबारदेखि यु १४ क्रिकेट प्रतियोगिता शुरु भएको छ । सिद्धार्थ रंगशालामा भएको उद्घाटन खेलमा भैरहवा टिमले देवदह टिममाथि २१ रनको जित निकालेको छ । टस जितेर ब्याटिङ रोजेको भैरहवाले २२ ओभरमा ६ बिकेटको नोक्सानीमा १ सय १८ रनको लक्ष्य खडा गरेको थियो । भैरहवाका लागि ओपनर ब्याट्सम्यान समिर अलिले ३८, समिर ठकुरीले १२ नटआउट बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन । देवदहका विज्जल न्यौपानेले २ तथा अरिक खड्काले १ विकेट लिएका थिए ।

मध्यम लक्ष्य पछ्याएको देवदह १८.२ ओभरमा केवल ९७ रनमा रोकियो । पाचौ ओभरमा ३२ रनको साझेदारी हुदा पहिलो विकेट गुमाएको देवदह आठ ओभरमा ३ विकेट गुमाउन पुग्यो । देवदहका निराजन भट्टराईले २२, ओपनर ब्याट्सम्यान बिनय कार्कीले१६ र बिज्जल न्यौपानेले १५ बलमा १४ रन बाहेक अन्य ब्याट्सम्यान दोहोरो अंकको रन बनाउन सकेनन । कम स्कोरमा रोक्न भैरहवाका विनय घर्ती क्षेत्रीले ५ ओभर बलिङ गर्दै २५ रन खर्चेर शानदार ६ विकेट लिएका थिए । यसैगरि आसुतोष पाण्डेले २ तथा सुप्रित घिमिरेले १ विकेट लिएका थिए । खेलमा भैरहवाका विनय घर्ती क्षेत्री म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

यसैगरि मंगलबार नै भएको दोस्रो खेलमा सैनामैना वरियर्स विजयी भएको छ । सैनामैनाले बुटवल टाईर्गसमाथि ६ रनको जित निकालेको हो । बुटवलले टस जितेर ब्याटिङको निम्तो दिएपछि सैनामैनाले २० ओभरमा ५ विकेटको नोक्सानीमा ९३ रन बनाएको थियो ।

सैनामैनाका लागि जोय थापामगरले ५१ बलमा २५, युवराज खत्रीले १७, महेश चन्दले ११ तथा सुसान्त थापाले १० रनको योगदान दिएका थिए ।

बुटवलका लक्ष्मण कुमाल र कबिर ढकालले समान ४ ओभर बलिङ गर्दै २–२ विकेट लिएका थिए । बुटवलका ब्याट्सम्यानहरु १९.५ ओभरमा सबै बिकेट गुमाएर ८७ रनमा रोकियो । उसका लागि सिजन रानाभाटले २२ र बिशेस भाटले ११ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन । खेलमा सैनामैनाका रिदम सुवेदी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको एक समारोहका बिच एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्य, मदन भण्डारी कला साहित्य प्रतिष्ठानका महासचिब तथा पुर्व सिडियो हरि प्रसाद भन्डारीले ब्याटिङ र बलिङ्ग गरि उट्घाटन गरेका थिए । एकेडेमीका जिल्ला कमिटीको अध्यक्ष मणिरत्न भण्डारीले खेल गतिविधिलाई निरन्तर अगाडी बढाउने बताए ।

रुपन्देहीका करीब एक सय खेलाडीहरुलाई ट्यालेन्ट हन्टमार्फत छनौट गरि ६४ जना खेलाडीहरुको ४ टिम विभाजन गरि २५ ओभरको लिग प्रतियोगिता गरिएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश क्रिकेट बिभाग प्रमुख शक्ति गौचनले बताए ।

कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकेडमीका केन्द्रिय सचिव तथा अन्तर्राष्ट्रिय स्वास्थ्य बिभाग प्रमुख डा शक्ति बस्नेत, लुम्बिनी प्रदेश सह इन्चार्ज महेन्द्र लिगल, केन्द्रिय कार्यालय सचिव बिनोद आचार्य, केन्द्रिय सदस्य नन्द बहादुर काउछा, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापा, युबा नेता मनोज रिजाल, एकेडमीका सहसचिव सरिता रानाले क्रिकेट खेलको विकासमा उमेर समुहका प्रतियोगिताको आवश्यकता रहेको औलाउदै खेलप्रेमीहरुको सहयोगमा निरन्तरता दिने बताए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ६ : ४२ बजे

लगातार तीन सर्किट ब्रेकपछि नेप्सेको कारोबार स्थगित

काठमाडौं । सोमबार नेप्से परिसुचकमा तीव्र उछाल आएपछि लगातार तीन

दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका

नेप्सेमा दोस्रो पटक पनि सकारात्मक सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट

नेप्सेमा सकारात्मक सर्किट ब्रेक

काठमाडौं । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक

धनुषा-१ को परिणाम घोषणा ढिलाइप्रति नेकपाको असन्तुष्टि, विजयी उम्मेदवारलाई प्रमाणपत्र दिन माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगले धनुषा निर्वाचन