२७ बैशाख २०८३, आइतबार | May 10, 2026

सरकारले तीनखम्बे अर्थनीतिलाई बेवास्ता गर्‍यो : झलनाथ खनाल



काठमाडौं । एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चार वर्षमा चारवटा ल्याइएका बजेटमा राज्यको तीनखम्बे अर्थनीतिलाई बेवास्ता गरेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/०८० कf लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले विगतमा चार वर्षमा चारववटा बजेट ल्याउँदा बेवास्ता गरिएको राज्यको तीनखम्बे अर्थनीतिलाई आगामी बजेटले स्वीकार्नुपर्ने बताए ।

खन्डिकृत भूमि नीतिलाई बजेटले तत्काल रोक्नुपर्ने भन्दै उनले यसका लागि भूमिसुधार गर्नुपर्ने बताए । कृषिक्षेत्रको विकासविना समुन्नत देशको कल्पना गर्न नसकिने भन्दै उनले भूमि सुधार नीतिविना कृषिको सुधार हुनै नसक्ने बताए । कृषिक्षेत्रलाई आधुनिकीकरण र यान्त्रिकरण गर्नुपर्नेमा जोड दिएका नेता खनालले प्रत्येक वडामा कृषि बजार स्थापना गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ३ : ४६ बजे

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको

दार्चुलामा भूकम्पको धक्का

काठमाडौं । दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाले ‘नीति मन्थन’ गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज ‘विपद् जोखिम न्यूनीकरण

जैविक विविधता संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

काठमाडौं । आज विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षणसम्बन्धी चेतनामूलक

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली राजदूतावासले आबुधावीमा