५ पुस २०८२, शनिबार | December 20, 2025

मदन भण्डारी स्मृति यु–१४ क्रिकेट : बुटवल र सैनामैनाको विजयी



बुटवल । जननेता मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा जारी यु–१४ क्रिकेट प्रतियोगितामा सैनामैना र बुटवल टाईगर्सले जित निकालेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडमी रुपन्देही जिल्ला कमिटीको आयोजनामा भैरहवाको क्रिकेट रंगशालामा प्रतियोगिता भएको पहिलो खेलमा बुटवल टाईगर्सले भैरहवा वरियर्समाथि ८ विकेटको जित निकालेको हो । यसैगरि बुधबारको दोस्रो खेलमा सैनामैनाले देवदहमाथि ७३ रनको जित निकाल्दै लगातार दुई खेलको जितसंगै अंक तालिकामा शिर्षस्थानमा रहेको छ ।

पहिलो खेलमा टस जितेर ब्याटिङको निर्णय गरेको भैरहवाले २५ ओभर खेल्दै ८ विकेटमा १ सय १५ रनको लक्ष्य खडा गरेको थियो । भैरहवाका ओपनर ब्याट्सम्यान तथा विकेट किपर समिर अलिले खेलमा पहिलो अर्धसतक पुरा गरेका छन । उनले १ छक्का र १० चौकाको मद्यतले ६९ रन बनाए । यसैगरि सचिन जिसीले १५ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन । बुटवलका अरिफ खानले ५ ओभर बलिङ गर्दै ३५ रन खर्चेर ३ तथा लक्ष्मण कुमालले १९ रन खर्चेर २ विकेट लिएका थिए । मध्यम लक्ष्यलाई बुटवलका ब्याट्सम्यानहरुले १५.२ ओभरमा केवल २ विकेटको क्षतिमा भेटाए । बुटवलका ओपनर ब्याट्सम्यान अमन बोहोराले नटआउट ६८ रन बनाए । उनले १ छक्का र १० चौकाको मद्यतले खेलमा अर्धसतक पुरा गरेका हुन । खेलमा सुजन रानाभाटले १८ रन बनाए । भैरहवाका सुप्रित घिमिरेले ५ ओभर बलिङ गर्दै २८ रन खर्चेर २ विकेट लिएका थिए । खेलमा बुटवलका अमन बोहोरा म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

यसैगरि सैनामैनाले आफनो दोस्रो खेलमा लगातार जित निकालेको छ । टस जितेर ब्याटिङ रोज्दै सैनामैनाले २५ ओभर खेल्दै ९ विकेटको नोक्सानीमा १ सय ५४ रनको लक्ष्य खडा गरेको थियो । शुरुवाती ब्याटिङ लाईन धरमराएको सैनामैना ६ ओभरमा २ विकेटको नोक्सनीमा केवल १७ रन जोडेको थियो । जोय थापामगर र महेश चन्दको जोडीले स्कोरलाई अगाडी बढायो । जोयले २८ तथा महेशले ५८ रनको योगदान दिए । यसैगरि खेलमा सुसान्त थापाले नआउट २० रन जोडेका थिए । देवदहका बिज्वल बश्यालले २ विकेट लिएका थिए । देवदहका ब्याट्सम्यानले खराब शुरुवात गर्यो । ओपनर मनिष तिवारी ७ रन बनाउदा रनआउट हुनपुगे । यसैगरि स्वस्तिक पराजुली ४ बलमा केवल ५ रन बनाउदा एलबिडब्लु आउट भए । १३.५ ओभरमा देवदहका ब्याट्सम्यानहरु केवल ८१ रनमा समेटिए । देवदहका बिनय कार्कीले १३, निराजन भट्टराईले १५ तथा क्रिस केसीले १० रन बाहेक अन्य ब्यासट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन ।

कम स्कोरमा रोक्न सैनामैनाका युवराज खत्रीले ३ ओभर बलिङ गर्दै १३ रन खर्चेर शानदार ४ विकेट लिए । रिदम सुवेदीले २ ओभर बलिङ गर्दै ७ रन खर्चेर २ विकेट लिए । खेलमा सैनामैनाका महेश चन्द म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

रुपन्देहीका करीब एक सय खेलाडीहरुलाई ट्यालेन्ट हन्टमार्फत छनौट गरि ६४ जना खेलाडीहरुको ४ टिम विभाजन गरि २५ ओभरको लिग प्रतियोगिता गरिएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश क्रिकेट बिभाग प्रमुख शक्ति गौचनले बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १० : ४८ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य