२३ बैशाख २०८३, बुधबार | May 7, 2026

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु



काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । पर्वत, कैलाली, सर्लाही, काठमाडौं र सप्तरीमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पर्वतको कुश्मा नगरपालिका–८ ओडारेमा ग १ ख ५२१८ नम्बरको बसले ग १ ज ७२५६ नम्बरको जिपलाई बुधबार ठक्कर दिँदा जिपका चालक सहित २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका १४ जनामध्ये ६ जना उपचार पश्चात डिश्चार्ज भएका छन् भने गम्भीर अवस्थामा रहेका एक जनाको गण्डकी अस्पताल पोखरामा र अन्यको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ ।

कैलालीको गोदावरी नगरपालिका–३ भैसीहाट बजार नजिक म।१ क ४२९ नम्बरको टिपरले से . ४ प ६३१८ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनपुर कृष्णपुर नगरपालिका बस्ने २३ वर्षीय दिपेश चौधरी रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा ना।५ ख ५५१५ नम्बरको बस र प्रदेश ३–०१–०२५ च ५७४३ नम्बरको गाडी बुधबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बसका सहचालक सुनसरी ईटहरी उपमहानगरपालिका–४ बस्ने ३७ वर्षीय भिम राजबंशीको रेहका छन् ।

दुर्घटनामा घाइते भएका बस चालक समेत १० जनाको मोडल अस्पताल लालबन्दीमा उपचार भइरहेको छ ।

काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–५ थली हरीयाली नगरमा बिहीबार बिहान ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भइ काठमाण्डौ थली बस्ने अन्दाजी ६० वर्षीय नर बहादुर खड्का रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा नारायणटार स्थित शंखरापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरीको बलानबिहुल गाउँपालिका–६ सेहरा चोकमा गएराती ३ जना सवार मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सखुवानन्कारकट्टी गाउँपालिका–२ का २२ वर्षीय लोचन यादव रहेका छन् ।

गम्भीर घाइते भएका उनको उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएकी मोटरसाइकलमा पछाडी सवार स्थानीय ८ वर्षीया कृतिका कुमारी यादब र भगवानपुर गाउँपालिका ३ का २२ वर्षीय अनिल कुमार यादबको धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १२ : ५२ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा