२६ बैशाख २०८१, बुधबार | May 9, 2024

मदन भण्डारी स्मृति यु–१४ क्रिकेट प्रतियोगिता : बुटवल र सैनामैना फाईनलमा



बुटवल । जननेता मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा जारी यु–१४ क्रिकेट प्रतियोगितामा सैनामैना र बुटवल टाईगर्स फाईनलमा पुगेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडमी रुपन्देही जिल्ला कमिटीको आयोजनामा भैरहवामा जारी लिग चरणको खेलमा नेट रनरेटको आधारमा बुटवल विजेता र सैनामैना उपविजेता बन्दै फाईनलमा पुगेको हो ।

सिद्धार्थ क्रिकेट रंगशालामा बिहिबार भएको खेलमा भैरहवाले सैनामैनालाई १० विकेट तथा बुटवल टाईगर्सले देवदहलाई २७ रनले पराजित गरेको हो । पहिलो खेलमा टस जितेर भैरहवाले ब्याटिङको निम्तो दिएपछि मैदान छिरेका सैनामैनाका ब्याट्सम्यानहरुले २४.५ ओभरमा सबै बिकेट गुमाएर १ सय २४ रनको लक्ष्य तयार गरेको थियो । जसमा रोहित विश्वकर्माले १९ रन, युवराज खत्रीले ३३ रन तथा सुसान्त थापाले १९ रनको योगदान दिएका थिए । कम स्कोरमा रोक्न असुतोष पाण्डेले ३ तथा कृष्ण बिक, बिनय जिसी र सुप्रित घिमिरेले समान २–२ बिकेट लिएका थिए । भैरहवाका ओपनर ब्याट्सम्यानहरु समिर अलि र सचिन जिसीले शानदार अर्धसतक पुरा गर्दै जित निकालेपनि रनरेटका आधारमा तेस्रो बन्दै प्रतियागिताबाट बाहिरियो । समिरले ६४ तथा सचिन जिसीले ५० रन जोडेका थिए । भैरहवाका समिर अलि खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि बुधबार नै भएको अर्को निर्णायक खेलमा बुटवलले टस जितेर ब्याटिङको निर्णय गर्दै पुरै २५ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ४८ रनको लक्ष्य खडा गरेको थियो । शुरुवाती ब्याट्सम्यानहरुले खराब शुरुवात गरेपनि मध्यक्रममा ब्याट्सम्यानहरुले ब्याटिङ सुधारे । बुटवलका लक्ष्मण कुमालले ६५ रन तथा सुभम खनालले २५ रन जोडेका थिए । यसैगरि सुजन रानाभाटले २२ रनको योगदान दिए । देवदहका स्वस्तिक पराजुली १ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको देवदहका ब्याट्सम्यान पुरै २५ ओभर खेल्दै ९ विकेट खेल्दै १ सय २१ रनमा रोकियो । देवदहका निराजन भट्टराईले ४० रनको नटआउट पारी खेलेका थिए । यसैगरि मनिष तिवारीले १८ र सुगम फूल्देलले १२ रनको योगदान दिएका थिए । बुटवलका सुभम खनालले ३ तथा अरिफ खानले २ विकेट लिएका थिए । खेलमा बुटवलका लक्ष्मण कुमाल म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

रुपन्देहीका करीब एक सय खेलाडीहरुलाई ट्यालेन्ट हन्टमार्फत छनौट गरि ६४ जना खेलाडीहरुको ४ टिम विभाजन गरि २५ ओभरको लिग प्रतियोगिता गरिएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश क्रिकेट बिभाग प्रमुख शक्ति गौचनले बताए । शुक्रबार फाईनल खेल हुने उनले बताए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ११ : २५ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s