१४ असार २०८३, आइतबार | June 28, 2026

मदन भण्डारी स्मृति यु–१४ क्रिकेट प्रतियोगिता : बुटवल र सैनामैना फाईनलमा



बुटवल । जननेता मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा जारी यु–१४ क्रिकेट प्रतियोगितामा सैनामैना र बुटवल टाईगर्स फाईनलमा पुगेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडमी रुपन्देही जिल्ला कमिटीको आयोजनामा भैरहवामा जारी लिग चरणको खेलमा नेट रनरेटको आधारमा बुटवल विजेता र सैनामैना उपविजेता बन्दै फाईनलमा पुगेको हो ।

सिद्धार्थ क्रिकेट रंगशालामा बिहिबार भएको खेलमा भैरहवाले सैनामैनालाई १० विकेट तथा बुटवल टाईगर्सले देवदहलाई २७ रनले पराजित गरेको हो । पहिलो खेलमा टस जितेर भैरहवाले ब्याटिङको निम्तो दिएपछि मैदान छिरेका सैनामैनाका ब्याट्सम्यानहरुले २४.५ ओभरमा सबै बिकेट गुमाएर १ सय २४ रनको लक्ष्य तयार गरेको थियो । जसमा रोहित विश्वकर्माले १९ रन, युवराज खत्रीले ३३ रन तथा सुसान्त थापाले १९ रनको योगदान दिएका थिए । कम स्कोरमा रोक्न असुतोष पाण्डेले ३ तथा कृष्ण बिक, बिनय जिसी र सुप्रित घिमिरेले समान २–२ बिकेट लिएका थिए । भैरहवाका ओपनर ब्याट्सम्यानहरु समिर अलि र सचिन जिसीले शानदार अर्धसतक पुरा गर्दै जित निकालेपनि रनरेटका आधारमा तेस्रो बन्दै प्रतियागिताबाट बाहिरियो । समिरले ६४ तथा सचिन जिसीले ५० रन जोडेका थिए । भैरहवाका समिर अलि खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि बुधबार नै भएको अर्को निर्णायक खेलमा बुटवलले टस जितेर ब्याटिङको निर्णय गर्दै पुरै २५ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ४८ रनको लक्ष्य खडा गरेको थियो । शुरुवाती ब्याट्सम्यानहरुले खराब शुरुवात गरेपनि मध्यक्रममा ब्याट्सम्यानहरुले ब्याटिङ सुधारे । बुटवलका लक्ष्मण कुमालले ६५ रन तथा सुभम खनालले २५ रन जोडेका थिए । यसैगरि सुजन रानाभाटले २२ रनको योगदान दिए । देवदहका स्वस्तिक पराजुली १ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको देवदहका ब्याट्सम्यान पुरै २५ ओभर खेल्दै ९ विकेट खेल्दै १ सय २१ रनमा रोकियो । देवदहका निराजन भट्टराईले ४० रनको नटआउट पारी खेलेका थिए । यसैगरि मनिष तिवारीले १८ र सुगम फूल्देलले १२ रनको योगदान दिएका थिए । बुटवलका सुभम खनालले ३ तथा अरिफ खानले २ विकेट लिएका थिए । खेलमा बुटवलका लक्ष्मण कुमाल म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

रुपन्देहीका करीब एक सय खेलाडीहरुलाई ट्यालेन्ट हन्टमार्फत छनौट गरि ६४ जना खेलाडीहरुको ४ टिम विभाजन गरि २५ ओभरको लिग प्रतियोगिता गरिएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश क्रिकेट बिभाग प्रमुख शक्ति गौचनले बताए । शुक्रबार फाईनल खेल हुने उनले बताए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ११ : २५ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा