७ आश्विन २०८३, बुधबार | September 23, 2026

फरार भएको २२ वर्षपछि पक्राउ चुनावका बेला गाउँ गएका थिए, पक्राउ परे



लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले डाँका चोरी मुद्दामा फरार रहेका एक जनालाई २२ वर्षपछि पक्राउ गरेको छ ।

प्रहरीले लमजुङको मध्यनेपाल नगरपालिका-१ जिता घर भएका वर्ष ५१ का भुपेन्द्र पौडेललाई सजाय तोकिएको २२ वर्षपछि पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताए ।

साविक पुनरावेदन अदालत पोखराबाट ०६० साल फागुन ३ गतेको फैसलाले डाँका चोरी मुद्दामा पौडेललाई ५ वर्ष ११ महिना ७ दिन कैद र ४७ लाख ८७ हजार २५० रुपैयाँ जरिवाना तिर्नु पर्ने उल्लेख छ ।

स्थानीय तह निर्वाचनमा गाउँमा आएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङको समन्वय र मध्यनेपाल नगरपालिका ३ मा रहेको प्रहरी चौकी सोती पसलबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार गाउँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका उनलाई लमजुङ जिल्ला अदालतमा पेश गरिएकोमा पौडेलले जरिवाना समेतको रकम दाखिला गर्न नसकेको र उक्त जरिवाना समेतको रकमलाई कैदमा निर्धारण गरी लमजुङ अदालतले निज पौडेललाई ९ बर्ष ११ महिना ६ दिन कैद हुने गरी पौडेललाई कैद भुक्तानको लागी बिहीवार लमजुङ कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ५ : ५० बजे

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई

हवाई फायर गर्दा नरोकेपछि बाइकको टायरमा गोली प्रहार, १०३.७९० ग्राम ब्राउनसुगर बरामद

नेपालगन्ज । लोगुऔषधको कारोबारे पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको

मुस्ताङ भन्सारबाट २० दिनमा दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन

मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयले २० दिनमा रु दुई अर्ब

मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा

गोरखा । मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव