१२ पुस २०८२, शनिबार | December 27, 2025

फरार भएको २२ वर्षपछि पक्राउ चुनावका बेला गाउँ गएका थिए, पक्राउ परे



लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले डाँका चोरी मुद्दामा फरार रहेका एक जनालाई २२ वर्षपछि पक्राउ गरेको छ ।

प्रहरीले लमजुङको मध्यनेपाल नगरपालिका-१ जिता घर भएका वर्ष ५१ का भुपेन्द्र पौडेललाई सजाय तोकिएको २२ वर्षपछि पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताए ।

साविक पुनरावेदन अदालत पोखराबाट ०६० साल फागुन ३ गतेको फैसलाले डाँका चोरी मुद्दामा पौडेललाई ५ वर्ष ११ महिना ७ दिन कैद र ४७ लाख ८७ हजार २५० रुपैयाँ जरिवाना तिर्नु पर्ने उल्लेख छ ।

स्थानीय तह निर्वाचनमा गाउँमा आएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङको समन्वय र मध्यनेपाल नगरपालिका ३ मा रहेको प्रहरी चौकी सोती पसलबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार गाउँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका उनलाई लमजुङ जिल्ला अदालतमा पेश गरिएकोमा पौडेलले जरिवाना समेतको रकम दाखिला गर्न नसकेको र उक्त जरिवाना समेतको रकमलाई कैदमा निर्धारण गरी लमजुङ अदालतले निज पौडेललाई ९ बर्ष ११ महिना ६ दिन कैद हुने गरी पौडेललाई कैद भुक्तानको लागी बिहीवार लमजुङ कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ५ : ५० बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका