१९ बैशाख २०८३, शनिबार | May 3, 2026

हेटौंडामा एमालेका उम्मेदवारले दिए गठबन्धनका उम्मेदवारलाई बधाई



हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवारहरूले गठबन्धनका उम्मेदवारलाई बधाई दिएका छन् ।

जम्मा ७३ हजार ४१४ मत खसेकोमा पछिल्लो मत परिणामअनुसार ६९ हजार ६ सय ९६ मत गणना हुँदा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा २ हजार मतान्तरले अग्रता बनाएकी छन् । ३ हजार ७१८ मत गणना हुने क्रममा रहको छ ।

गठबन्धनको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएका नेपाली काङ्ग्रेसका राजेश बानियाँले मतगणना नसकिँदै आफ्नो जित सुनिश्चित गरेका छन् । मेयरका उम्मेदवार अनन्त पौडेल र उपमेयर उम्मेदवार सुमित्रा काफ्लेले मतगणना स्थलमै गएर बधाई दिएका हुन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ५ : ४४ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय