२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

आइपिएल : दिल्ली मुम्बईसँग पराजित, बेंगलोर प्लेअफमा



काठमाडौं । दिल्ली क्यापिटल्सलाई मुम्बई इन्डियन्सले पाँच विकेटले हराउँदा इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा बेंगलोरले प्लेअफ स्थान बनाएको छ ।

शनिबार राति पराजित दिल्ली र विजयी मुम्बई दुबै प्लेअफबाट टाढा रहे । तर यो नतिजासँगै मैदान बाहिर रहेको बेंगलोर प्लेअफमा स्थान बनायो ।

योसँगै आईपीएको प्लेअफ समीकरण पूरा भएको छ । पहिलो क्वालिफायरमा गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्नेछन् । एलिमिनेटरमा लखनउ सुपर जाइन्ट्स र बेंगलोरले प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि दिल्लीले दिएको १६० रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गरेकाे थियाे । मुम्बईका इशान किशनले ४८ रन जोडे । दिल्लीका सार्दुल ठाकुर र एन्रिच नोर्कियाले २-२ विकेट लिए ।

सुरुआती ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन जोड्यो ।

दिल्लीका रोभमान पावेलले ४३ रन जोडे । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ८ : १५ बजे

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि

सूर्य नेपालको ‘टोफिचो तड्का इमिली’ बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि.

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद

काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री

शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्छौँ : मन्त्री गंगा श्रेष्ठ

सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन