११ कार्तिक २०८३, बुधबार | October 28, 2026

जो ‘भाग्य’ले विजयी भए



काठमाडौं । स्थानीय तह निर्वाचन सम्पन्न भएर मतगणना जारी छ । अधिकांश पालिकामा मतगणना सम्पन्न भएर निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालिसकेका छन् ।

सार्वजनिक भएको केही मत परिणाम निकै रोचक देखिएका छन् । कतै १ मतले त कतै २ मतले उम्मेदवार विजयी भएका छन् । यस्तै कतै मतबराबर भएपछि गोलाप्रथाको ‘भाग्य’ले समेत उम्मेदवार विजयी भएका छन् । प्रतिस्पर्धी उम्मेदवारबीच मत बराबर भएपछि गोलाप्रथाबाट उम्मेदवार विजयी भएको घोषणा गरिएको छ ।

३० वैशाखमा सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको छ । यो समाचार तयार पर्दासम्म ७ सय २० पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । बाँकी रहेका पालिकामा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

मधेस प्रदेशको सर्लाहीको बहरनाथ नगरपालिका-४ मा दुई जना प्रतिस्पर्धीबीच बराबर मत आएपछि गोला तानेर निर्वाचित प्रतिनिधि चयन गरिएको छ । सो वडाको अध्यक्षमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारको मत बराबर आएको थियो ।

एमालेका कृष्णकुमार साह र कांग्रेसका लखेन्द्र महतोले समान ३ सय ४ मत ल्याएका थिए । त्यसपछि निर्वाचितको टुंगो गोला तानेर लगाइएको हो । गोला तान्दा भने एमालेका साह भाग्यमानी साबित भए र पाँच वर्षका लागि वडा अध्यक्ष चुनिए । आयोगले साहलाई विजयी भएको घोषणा ग¥यो ।

त्यस्तै, सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको वडा नम्बर २ र ६ मा वडा अध्यक्ष गोलाप्रथाबाट चुनिएका छन् । वडा नम्बर २ को वडाअध्यक्षमा कांग्रेसका छविलाल न्यौपाने र नकेपा माओवादी केन्द्रका पुरुषोत्तम सापकोटाको मत बराबरी आयो ।

अध्यक्षमा कांग्रेसका न्यौपाने गोला तान्दा विजयी बने । दुवै जनाले समान ४ सय ९५ मत ल्याएपछि गोलाप्रथाबाट विजयी भएको घोषणा गरिएको हो । निर्वाचन आयोगले गोलाप्रथाबाट चुनिएका जनप्रतिनिधिलाई एक मत बढाएर राखेको छ ।

त्यस्तै बफेली गाउँपालिकाकै ६ नम्बर वडाको अध्यक्षका लागि एमालेका तेजबहादुर पराजुली र माओवादी केन्द्रका चित्रबहादुर तामाङ उम्मेदवार बनेका थिए । गोलाप्रथाबाट भने अध्यक्षमा एमालेका पराजुली चुनिएका छन् । दुवै जनाले समान ५ सय ८७ मत ल्याएका छन् ।

महोत्तरीको बर्दिबास नगरपालिकाको वडा नम्बर ७ र ८ मा पनि गोलाप्रथाबाट वडाअध्यक्ष विजयी भएको घोषणा गरिएको छ । वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवार रामस्वगारथ यादव र माओवादी केन्द्रका सुरेन्द्रकुमार सिंह काइरीले बराबर ७ सय २६ मत ल्याएका छन् । गोलाप्रथाबाट भने स्वतन्त्रबाट उम्मेदवार रहेका यादव विजयी घोषणा भए ।

वडा नम्बर ८ मा पनि वडा अध्यक्षका दुई उम्मेदवारले बराबरी मत आएपछि गोला तानेर टुंगो लगाइएको थियो । माओवादी केन्द्रका शमशेर सिंह र एमालेका रुद्रबहादुर किंगरिंग मगरले समान ७ सय ६७ मत पाएका थिए । गोला तान्दा माओवादीका शमशेर विजयी भएका छन् ।आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ७ : १३ बजे

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय