२५ असार २०८३, बिहिबार | July 10, 2026

अन्तरघात नभएको भए कांग्रेसले चार सयभन्दा बढी पालिका जित्थ्यो : प्रवक्ता महत



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस भित्र अन्तरघात नभएको भए अझै बढी पालिकाको नतिजा कांग्रेसको पक्षमा आउने बताएका छन् ।

आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अन्तरघातका कारण कांग्रेसले केही पालिका गुमाउनु परेको जनाए ।

‘हाम्रो पार्टीमा अहिले पनि अन्तरघातको समस्या समाप्त भएको छैन । यदि हाम्रो पार्टीमा अन्तरघात नभइदिएको भए यति मात्र होइन ४०० को नजिक जित संख्या पुयाउँथ्यौ भन्ने हाम्रो अनुमान छ,’ उनले भने ।

पत्रकार सम्मेलनमा उनी बोलिरहँदा देशका ७५३ वटा पालिकामध्ये ३२१ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी बनेका थिए ।

‘सबै पालिकाको नतिजा आएपछि पार्टीले बैठक बसी समिक्षा गर्ला । यद्यपी नतिजा सकारात्मक छ, सन्तुष्टीजनक छ,’ प्रवक्ता महतले भने ।

निर्वाचनको परिणामले गठबन्धनमा रहेका दलहरुबीच विश्वासको आधार मजबुत बनाएको दाबी समेत उनले गरे । गबन्धन नगरी एक्लै लडेका स्थानमा पनि कांग्रेसले व्यापक सफलता प्राप्त गरेको उनले जनाए ।

‘नगरपालिकाहरुमा झण्डै ५० प्रतिशत हाराहारीमा कांग्रेसले जित हासिल गरेको छ । मतदाता, जनसंख्यालाई आधार मान्ने हो भने आधा ठाउँमा जित हासील गरेका छौं भन्न सक्छौं,’ उनले भने ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ४ : ५९ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट