१२ पुस २०८२, शनिबार | December 28, 2025

सरकारको नीति तथा कार्यक्रम आज आउँदै



काठमाडौं । संघ सरकारले आगामी आर्थिक वर्ष ०७९/८० काे नीति तथा कार्यक्रम ल्याउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसाे ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा संघीय सरकारको बजेट प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ । नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भए पनि चुनावका कारण केही ढिलाइ भएकाे सरकारी दाबी छ ।

नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट प्रस्तुत गर्ने गर्छ । अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा छ ।

 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ७ : १७ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका