२७ बैशाख २०८३, आइतबार | May 10, 2026

स्थानीय तह निर्वाचन : बेसीशहरमा ४४ जनाको धरौटी जफत



लमजुङ । स्थानीय तह निर्वाचनमा लमजुङको बेसीशहर नगरपालिकामा उम्मेदवार बनेका ४४ जनाको धरौटी जफत हुने भएको छ ।

कूल खसेको मतको १० प्रतिशत मत नल्याएका विभिन्‍न राजनितिक दल एवं स्वतन्त्र उम्मेदवारको धरौटी जफत हुने भएको हो । निर्वाचन आयोगका अनुसार कानुनी व्यवस्था बमोजिम बेसीशहर नगरपालिकामा नगरप्रमुखका तीनजना र उपप्रमुख पदका दुईजना, वडा अध्यक्ष र अन्य सदस्य पदमा उम्मेदार बनेका ४४ जनाको धरौटी रकम जफत भएको हो ।

बेसीशहरमा धरौटी फिर्ता नहुने उम्मेदारहरुमा प्रमुख उपप्रमुख पद सहित १९ जना विभिन्न वडामा अध्यक्षका उम्मेदार र २० जना अन्य सदस्य पदका उम्मेदार रहेका छन् । कूल २६ हजार दुईसय ६ मतदाता रहेको बेसीशहर नगरपालिका अन्तर्गतका ११ वडामा १८ हजार एकसय ८५ मत खसेको थियो ।

नगरपालिकामा खसेको मतमध्ये उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरूको धरौटी जफत भएको छ । वडा अध्यक्ष तथा अन्य सदस्यहरुले भने सम्वन्धीत वडामा खसेको मत मध्ये १० प्रतिशत मत ल्याउन नसकेका हुन् । बेसीशहरमा विभिन्न पदमा उम्मेदारी दिएका मध्ये धरौटी जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मात्रै १६ जना रहेका छन् । सो बाहेक मंगोल नेशनल अर्गनाईजेशन र जनता समाजबादी पार्टीका आठ/आठ जना उम्मेदार रहेका छन् । त्यसैगरी नेकपा माओबादी केन्द्रका सातजना, चारजना स्वतन्त्र उम्मेदार र एकजना नेकपा एकिकृत समाजबादी पार्टीका उम्मेदार रहेका छन् ।

राप्रपाबाट नगरप्रमुख, उपप्रमुख, ६ जना वडा अध्यक्ष र आठजना अन्य सदस्य पदका उम्मेदारहरुको धरौटी रकम जफत भएको हो । मंगोल नेशनल अर्गनाईजेशन पार्टीबाट बेसीशहरमा नगरप्रमुख र उपप्रमुख उम्मेदार बनेका दुईजना सहित विभिन्न वडामा अध्यक्ष उम्मेदार बनेका तीनजना र अन्य तीनजना सदस्य पदका उम्मेदारको धरौटी जफत भएको हो ।

त्यसैगरी जनता समाजवादी पार्टीबाट नगरप्रमुख उम्मेदार बनेका एकजना, पाँचजना वडा अध्यक्षका उम्मेदार र थप दुईजना सदस्य पदका उम्मेदारको धरौटी जफत भएको हो । नेकपा माओवादी केन्द्रबाट नगरपालिका अन्तर्गत विभिन्न वडामा सदस्य पदमा उम्मेदार बनेका सात जनाको सम्वन्धीत वडामा खसेको कुल मतको १० प्रतिशत मत नपुगेपछि उम्मेदारको धरौटी जफत भएको हो । त्यस्तै स्वतन्त्र तर्फ धरौटी जफत हुने सवै वडा अध्यक्षका उम्मेदारहरु हुन भने नेकपा एसको पनि एकजना वडा अध्यक्षका उम्मेदारको धरौटी जफत भएको निर्वाचन परिणामले देखाएको हो ।

निर्वाचन आयोगले स्थानिय तह अध्यक्ष, उपाध्यक्ष, प्रमुख तथा उपप्रमुखका लागि एकहजार पाँचसय रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरेको थियो । त्यसैगरी वडाध्यक्षका लागि एकहजार रुपैयाँ र वडासदस्यका लागि ५०० रुपैयाँ धरौटी राख्नुपर्ने प्रावधान थियो । यद्यपि महिला र दलित अथवा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा ५० प्रतिशत छुट हुने व्यवस्था रहेको छ ।

कुल सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने ऐनमा व्यवस्था छ । तर निर्वाचित उम्मेदवारको हकमा यो लागु नहुने ऐनमा उल्लेख छ । सदर मतको १० प्रतिशतभन्दा कम सदर मत ल्याएरै कुनै उम्मेदवार विजयी भएका छन् भने त्यस्ताको हकमा धरौटी रकम जफत नहुने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ८ : ०२ बजे

उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउन परिसङ्घको आग्रह

काठमाडौं । आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि

संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशको सिफारिस भएको हो : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ?

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबार (हिजो) देखि

पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबार (हिजो) देखि

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ