११ चैत्र २०८२, बुधबार | March 25, 2026

लकडाउन बढेपनि केही छैन, खाद्यान्नको जोहो भैसक्यो : तर कहाँ ?



कास्की । लकडाउन जारी रहँदा कास्कीको अन्नपूर्ण गाउँपालिकाले किसानसँग ५०० मुरी कोदो किनेर जोहो गरेको छ ।

गाउँपालिकाले स्थानीय उत्पादनलाई जोड दिन ११ वडाबाट ती कोदो सङ्कलन गरेको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बन्दाबन्दीको तत्कालको समस्याभन्दा पनि दीर्घकालीन खाद्य सङ्कटलाई ध्यान दिएर लामो समयसम्म नबिग्रने कोदो किसानबाट खरिद गरेका हौं ।” उहाँले किसानबाट प्रतिमुरी चार हजारका दरले करिब २० लाखको कोदो गाउँपालिकाले खरिद गरेको जानकारी दिनुभयो ।

गाउँपालिकालाई आत्मनिर्भर बनाउन स्थानीय उत्पादनलाई नै प्रवद्र्धन गर्ने सोच गाउँपालिकाको रहेको उहाँले बताउनुभयो । उहाँले आधुनिक कृषि प्रणाली अवलम्बन गरेर उत्पादनमा जोड दिने नीतिअनुरुप नै गाउँपालिका अगाडि बढेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “स्वास्थ्यवद्र्धक मानिने कोदोमा रोग प्रतिरोधात्मक क्षमता हुने विभिन्न अध्ययन अनुसन्धानमा देखाएको छ । यसलाई गाउँको समृद्धिसँग जोडेर ‘ब्राण्डिङ’ गर्ने अभ्यास हामी लागेका छौँ ।”

उहाँका अनुसार कोदोको प्रवद्र्धनका लागि भदौरे देउरालीमा ल्होसार पर्वको अवसर पारेर गरिने कोदो महोत्सवमा विभिन्न कोदोका परिकारसमेत प्रदर्शन हुँदै आएको छ । त्यसैगरी गाउँपालिकाले सबैभन्दा बढी कोदो उत्पादन गर्ने ११ वडाका तीन–तीन गरी ३३ कृषकलाई पुरस्कृत पनि गर्दै आएको छ ।

गत वर्ष सर्वाधिक ३७ मुरी कोदो उत्पादन गरेर उत्कृष्ट कृषक बन्न सफल रनबहादुर पुनले गाउँपालिको नीतिले कृषकलाई उत्पादनमा जोड दिन प्रेरणा मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “म खुशी छु, पुरस्कृत भएँ, पाँच हजार पाएँ, गाउँपालिकाले अहिले पाँच मुरी कोदो पनि खरिद ग-यो, यस्तो कामले किसानलाई ऊर्जा मिल्छ ।” उहाँले गाउँपालिकोको कृषि रणनीति किसानमैत्री भएको बताउनुभयो ।

अध्यक्ष कुवँरले आगामी नीति तथा कार्यक्रममा पनि ठूला–ठूला पूर्वाधार विकासका महत्वाकांक्षी योजना नराखी स्थानीय तहमा रोजगार सिर्जना गर्न सक्ने उत्पादन र निर्यातलाई बढी जोड दिने जानकारी दिनुभयो । “अहिले ठूला–ठूला योजनाको बारेमा हामी जाँदैनौ, किसान प्रत्यक्ष लाभान्वित हुने कार्यक्रमलाई प्राथमिकतामा राख्नेछौँ”, उहाँले यो वर्ष करिब ३० हजार कागतीको बेर्ना उत्पादन गरेर वितरण गरेको जानकारी दिनुभयो, “एउटा कागतीको बेर्ना हुर्काउन सके लैनो भैँसी बराबरको फाइदा हुने रहेछ, कागतीको उत्पादलाई पनि विशेष जोड दिएका छौँ ।” उहाँले विभिन्न फलफलूहरु एभोगाडो, सुन्तला, अम्बा, अलैँचीका बिरुवा वितरण गरिएको पनि जानकारी दिनुभयो । हाइवेमा नै कृषिको बिक्री केन्द्र राखेर कृषि उत्पादनको बजारीकरण कार्य अन्तिम चरणमा पुगेको बन्दाबन्दीको कारणले सञ्चालन हुन नसकेको उहाँको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत युवराज अधिकारीले पर्यटकीयसँगै कृषिलाई पनि विशेष प्राथमिकतामा राखेर उत्पादन बढाउने काम गरेको बताउनुभयो । उहाँका अनुसार कृषि प्रणालीको विकास गरी उत्पादन बढाउन समूहमार्फत आउने ६० कृषकलाई हातेट्रयाक्टर वितरण गरेका छ । त्यसैगरी गाउँपालिका परिसरमै नर्सरी तयार गरी कागती, अलैँचीलगायतका बिरुवा उत्पादन गरेर कृषकलाई निःशुल्क वितरण गरिएको छ । उहाँले गाउँपालिकाको हालको बजेट रु ५८ करोड १० लाख छ । विनियोजित रकममध्ये रु एक करोड १५ लाख कृषिलाई छुट्याएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ५ : ०२ बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग