२१ भदौ २०८३, आइतबार | September 6, 2026

बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा, सेना परिचालन गरिने



बुटवल । नेपालमै कोरोना भाइरसको इपिसेन्टर बन्दै गरेको बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

कोरोना भाइरसको संक्रमित सबैभन्दा बढी देखिएको नरैनापुरबाट संक्रमितहरु भाग्न थालेपछि निषेधित क्षेत्र घोषणा गरिएको हो ।
निषेधित क्षेत्र घोषणा गरिएसँगै नरैनापुरमा सेना परिचालन गर्ने समेत निर्णय भएको छ । जिल्ला सुरक्षा समितिको आइतबार नेपालगन्जमा बसेको बैठकले आजै राति ८ बजेबाट निषेधित क्षेत्र लागु गर्दै सेनासहितका सुरक्षाकर्मी परिचनाल गर्ने निर्णय गरेको हो ।

नरैनापुरलाई स्थानीय प्रशासनले अति उच्च जोखिम क्षेत्रकोरुपमा बिश्लेषण गर्दै गांउपालिकामा निषेधित क्षेत्र घोषणा गरिएको बांकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकेरेलले बताउनु भयो । उहांले संक्रामक रोग ऐन २०२०को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधआज्ञा जारी गर्दै नेपाली सेना परिचालन गर्ने निर्णय भएको जानकारी दिनु भयो । जिल्ला प्रशासन कार्यालयका अनुसार आज सांझ ८ बजे देखि अर्को सुचना नहुंदा सम्म लागु हुने निषेधआज्ञा कार्यान्वयनका लागि भैरव प्रसाद गणले सेना पठाउने छ ।

दुई दिन अघि संक्रमितलाई आइसोलेसनमा राख्न लिन गएको एम्बुलेन्ससहितका स्वास्थ्यकर्मीलाई स्थानीयले लखेट्दै संक्रमित भगएका थिए ।

नरैनापुरको अवस्था भयावह बन्न थालेको भन्दै नरैनापुर गाउँपालिकाले शनिबार मात्रै संघीय सरकार र प्रदेश सरकारसँग हारगुहार गरेको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ५ : १३ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त