६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा, सेना परिचालन गरिने



बुटवल । नेपालमै कोरोना भाइरसको इपिसेन्टर बन्दै गरेको बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

कोरोना भाइरसको संक्रमित सबैभन्दा बढी देखिएको नरैनापुरबाट संक्रमितहरु भाग्न थालेपछि निषेधित क्षेत्र घोषणा गरिएको हो ।
निषेधित क्षेत्र घोषणा गरिएसँगै नरैनापुरमा सेना परिचालन गर्ने समेत निर्णय भएको छ । जिल्ला सुरक्षा समितिको आइतबार नेपालगन्जमा बसेको बैठकले आजै राति ८ बजेबाट निषेधित क्षेत्र लागु गर्दै सेनासहितका सुरक्षाकर्मी परिचनाल गर्ने निर्णय गरेको हो ।

नरैनापुरलाई स्थानीय प्रशासनले अति उच्च जोखिम क्षेत्रकोरुपमा बिश्लेषण गर्दै गांउपालिकामा निषेधित क्षेत्र घोषणा गरिएको बांकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकेरेलले बताउनु भयो । उहांले संक्रामक रोग ऐन २०२०को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधआज्ञा जारी गर्दै नेपाली सेना परिचालन गर्ने निर्णय भएको जानकारी दिनु भयो । जिल्ला प्रशासन कार्यालयका अनुसार आज सांझ ८ बजे देखि अर्को सुचना नहुंदा सम्म लागु हुने निषेधआज्ञा कार्यान्वयनका लागि भैरव प्रसाद गणले सेना पठाउने छ ।

दुई दिन अघि संक्रमितलाई आइसोलेसनमा राख्न लिन गएको एम्बुलेन्ससहितका स्वास्थ्यकर्मीलाई स्थानीयले लखेट्दै संक्रमित भगएका थिए ।

नरैनापुरको अवस्था भयावह बन्न थालेको भन्दै नरैनापुर गाउँपालिकाले शनिबार मात्रै संघीय सरकार र प्रदेश सरकारसँग हारगुहार गरेको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ५ : १३ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको