२० बैशाख २०८१, बिहिबार | May 2, 2024

एमाले खुम्चियो कांग्रेस बन्यो ठूलो दल



काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट प्रमुख प्रतिपक्षी एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कांग्रेस पहिलो राजनीतिक दल बन्ने निश्चित भएको छ ।

झण्डै दुई सातादेखि जारी मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणनाको मंगलबार साँझसम्म घोषित परिणाम अनुसार कांग्रेसले ३ सय २३ स्थानीय तहको प्रमुख जितेको छ । काठमाडौं, महानगरपालिकासहित नौ स्थानीय तहमा मतगणना जारी रहँदा उसले ४ स्थानमा अग्रता लिएको छ। २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट पहिलो दल बनेको एमालेले यसपटक २ सय ३ स्थानीय तहको प्रमुख जितेको छ । बाँकी केही पालिकाको जारी मतगणनामा उसले दुई ठाउँको प्रमुखमा अग्रता लिएको छ ।

अघिल्लोपटक काठमाडौं, पोखरा महानगरपालिकासहित स्थानीय तहको परिणाम आफ्नो पक्षमा पारेको एमाले यसपटक सबै महानगरपालिका गुमाउने अवस्थामा पुगेको छ । यसपटक मधेस प्रदेशमा आफ्नो अवस्थामा केही सुधार गरेको एमालेले लामो समयदेखि उसको प्रभावमा रहेका क्षेत्र गुमाउन पुगेको छ । कांग्रेसले पनि विगतमा जितेको धनगढीसहितका केही स्थानीय तह यसपटक गुमाएको छ । दार्चुला, पूर्वीरुकुममा कांग्रेसले कुनै पनि स्थानीय तहको प्रमुख पदमा जित निकाल्न सकेन । एमाले पनि नौ जिल्लाका स्थानीय तहमा प्रमुख जित्न असफल भएको छ ।

माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा भन्दा यसपटक आफ्नो अवस्थामा केही सुधार गरेको छ । भरतपुर महानगरपालिकामा आफ्नो जितलाई निरन्तरता दिँदै उसले अहिलेसम्म १ सय २१ स्थानीय तहको प्रमुख जितेको छ । दुई दर्जनभन्दा बढी जिल्लाका स्थानीय तहमा प्रमुख जित्न असफल माओवादी काठमाडौं उपत्यकामा भने निकै कमजोर देखिएको छ ।

एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिको प्रमुख आफ्नो पक्षमा पारिसकेको छ । पोखरा महानगरपालिकामा ऊ जितको नजिक छ । उसले अहिलेसम्म जम्मा १९ स्थानीय तहको प्रमुख जितेको छ ।

मधेसको शक्तिकारूपमा उदाएको जनता समाजवादी पार्टी स्थानीय तह निर्वाचनमा पहाडमा पनि उक्लिएको छ । उसले वीरगन्ज महानगरपालिकासहित ३० स्थानीय तहको प्रमुख जितेको छ । एक स्थानीय तहको प्रमुखमा उसले अग्रता लिएको छ । तर अघिल्लोपटक जितेका जनकपुर उपमहानगरपालिकासहितका केही स्थानीय तह यसपटक उसले गुमाएको छ ।

केही समयअघि जनता समाजवादी पार्टीबाट अलग भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी यसपटक स्थानीय तह निर्वाचनमा कमजोर बन्न पुगेको छ । उसले १६ स्थानीय तहको प्रमुख जितेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको शंखरापुरसहित चार स्थानीय तहको प्रमुख जित्दै संगठन सुदृढ गरेको संकेत दिएको छ । राष्ट्रिय जनमोर्चाले चार स्थानीय तहको प्रमुख जितेको छ । नागरिक उन्मुक्ति, जनमतसहितका पार्टी स्थानीय तहको निर्वाचनबाट अनुमोदन भएका छन् ।

उम्मेदवार छनोटप्रति असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिएका र स्वतन्त्रले धरान उपमहानगरपालिकासहित दर्जन स्थानीय तहको प्रमुख जितेका छन् । काठमाडौं महानगरपालिकामा राजनीतिक दलबाट मैदानमा खडा भएका उम्मेदवारलाई पछि पार्दै वालेन्द्र साह प्रमुखमा निर्वाचित हुने निश्चित देखिएको छ । विस्तृत समाचार आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेखेका छन ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ६ : २३ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य