१८ श्रावण २०८३, सोमबार | August 3, 2026

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, टाँगियाबस्तीको पीडा कसले सुन्ने ?



बारा । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चासँगै टाँगियाबस्ती भौतिक पूर्वाधारको सुविधाबाट बन्चित हुन पुगेको छ । सरकारले महत्त्वाकांक्षी राष्ट्रिय परियोजनाका रूपमा रहेको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य सुरु भएको छैन भने टाँगियाबस्ती भौतिक पूर्वाधारको विकासबाट पनि बन्चित हुन पुगेको छ ।

टाँगियाबस्तीका स्थानीय भत्किएका घर बनाउन पनि आँट गर्न सकेका छैनन्। सरकारले टाँगियाबस्तीलाई अन्यन्त्र स्थानान्तरण गर्ने भनिएपछि स्थानीयले आफ्नै घर बनाउनसमेत पाएका छ्रैनन् । जस कारण जीर्ण बनेका घरमा बस्न बाध्य छन् ।

टांगियामा विकास निर्माणको काम ठप्प छ । खानेपानी, विद्युत्, सडक र शैक्षिक पूर्वाधार विमानस्थलको योजनाकै कारण बन्न सकेको छैन ।

निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्ने चर्चासँगै रमाएका बारा जितपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीका बासिन्दाको खुसी भने आजकल हराउँदै गएको स्थानीय लक्ष्मी गोलेले जानकारी दिइन् ।

सरकारले टाँगियाबस्तीलाई बेवास्ता गरेको स्थानीयको गुनासो छ । ‘हामीलाई व्यवस्थापन गर्न सरकारले कुनै चासो दिएन । अब हामीलाई विमानस्थल निमाण होइन, यही ठाउँको लालपुर्जा र विकास चाहिन्छ,’ टाँगियाबस्ती सरकोकार समितिका संयोजक रमेश सापकोटाले बताए ।

विमानस्थल क्षेत्रभित्र रहेको मध्ये टाँगिया सबै भन्दा ठुलो बस्ती हो । ८ हजारभन्दा बढी जनसंख्या बसोबास रहेको बस्ती करिव ६५० बिघा क्षेत्रमा फैलिएको छ ।

तामागढी क्षेत्रको जंगल फडानीपछि रोपिएका बिरुवा गोडमेलसँगै बालीसमेत लगाउन पाउने गरी वन कर्मचारले २०३१ सालतिर सिन्धुली, रामेछाप, काभ्रे लगायत जिल्लाका सुकुम्बासीलाई ल्याएर बस्ती बसाएका थिए । बिरुवा हुर्केपछि अन्यत्र सार्ने भनिए पनि तत्काल उचित प्रवन्ध हुन नसक्दा बस्तीले स्थायी रुप लिएको थियो ।

निजी लगानीसम्बन्धी परियोजना समन्वय समितिको माघ २०६४ को सिफारिसअनुसार सरकारले त्रिवर्षीय योजना ०६४÷६७ मा नेपाल प्रवेश गर्ने वैकल्पिक अन्तर्राष्ट्रिय हवाई मार्गका लागि निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने घोषणा गरेको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ४ : ०७ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क