६ श्रावण २०८३, बुधबार | July 22, 2026

काठमाडौंमा अब बालेन यात्रा



काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको छ । युवा उमेरका बालेन अब आगामी पाँच वर्षका लागि काठमाडौं महानगरको पिताका रूपमा रहनेछन् । बालेनले प्रमुख दल कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई भारी मतान्तरले पछि पार्दै आफ्नो जित सुनिश्चित पारेका हुन् ।

यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगोल पपुलर मतसहित विजय हुने निश्चित भएको छ । काठमाडौंमा एक महिनाभित्र बालेनको क्रेज असाधारण रूपमा बढेकोमा दलहरूका शीर्ष नेताहरूसमेत अचम्ममा छन् । काठमाडौंको मेयरमा संस्थापन राजनीतिलाई चुनौती दिँदै हिजोसम्म -याप गायकका रूपमा चिनिएका स्वतन्त्र उम्मेदवार बालेनलाई एकाएक समाज परिवर्तनका नायकका रूपमा जनताले विश्वास गरिदिएका छन् ।

वर्षाैंदेखि राजनीतिमा होमिएका नेतृत्वका लागि बालेनको यो जित ठूलो सवक र झड्का हो । बुधबार रातिसम्म बालेन्द्र साहले ५५ हजार ७ सय ७७ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको ३५ हजार ३ सय ७१ मत रहेको छ । यस्तै, नेकपा एमालेका भेट्रान उम्मेदावर मानिएका केशव स्थापितको ३४ हजार ६ सय २६ मत रहेको छ । उनी तेस्रोमा पुगेका छन् । आजको राजधानी दैनिकमा रामसूदन तिमल्सिनाले यो समाचार लेखका छन ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ६ : ५३ बजे

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले