२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

महानगर प्रमुखका उम्मेदवार जसले शून्य मत ल्याए



काठमाडौं । वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुख पदमा आँक्ने केही उम्मेदवार भने आफैँ भोट हाल्न गएनन् । प्रमुखका १६१ उम्मेदवारमध्ये सात जनाले आफैँलाई भोट नहालेको पाइएको छ । उनीहरूको मत शून्य छ ।

निर्वाचन आयोगका अनुसार प्रदेश १ को विराटनगर, मधेश प्रदेशको वीरगञ्ज, बागमतीको काठमाडौँ, ललितपुर र भरतपुर तथा गण्डकीको पोखरा महानगरपालिका गरी छ महानगरमा १६१ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।

यसरी ती प्रत्याशी आफू मत हाल्न गएनन् वा गए पनि अन्य उम्मेदवारलाई मत हाले वा प्रमुख पदमा मत नै नहालेर फर्किए । आफूलाई मत नहाल्नेमध्ये वीरगञ्जका छ र काठमाडौँका एक उम्मेदवार छन् । वीरगञ्जका शत्रुघ्न कुर्मी, सगिर अलि, कैलाश सर्राफ, सुनील कलवार, बिक्कीराज पटेल र फरोज आलमको कुनै मत आएन ।

काठमाडौं महानगरपालिकामा मतगणनाको अन्तिम दिन राजन कार्की र जेठा महर्जनले एक–एक मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रोशन शाहीले भने मतगणनाको अन्तिम परिणाम आइसक्दा कुनै मत पाएनन् ।

त्यस्तै ४५ जना महानगर प्रमुखका दाबेदारको मत दोहोरो अङ्कमा पुगेको छैन । पोखराका एक उम्मेदवार रनबहादुर दमैले पाँच मत पाए । दोहोरो अङ्कमा मत नपाउनेमा वीरगञ्जमा २१, काठमाडौँमा १८ र भरतपुरमा छ जना छन् ।

प्रमुख वा अन्य पदका लागि मनोनयन दर्ता गराउँदा उम्मेदवारले सवारी साधनसहितका सुविधा उपयोग गर्न पाउँछन् । निर्वाचन निर्देशिकाले उम्मेदवारै पिच्छे नै सवारी साधनको सङ्ख्या तय गरेको हुँदा सशक्त उम्मेदवारले निर्देशिकाले तोकेकोभन्दा बढी सवारी साधन उपयोग गर्न ‘डमी’ उम्मेदवारको सहयोग लिँदै आएका छन् ।

निर्वाचन आयोगका आचारसंहितालाई छल्न सशक्त उम्मेदवारले नै आफ्नो ‘डमी’ उम्मेदवार दिएको अभ्यास विगतमा समेत देखिएको छ । यसरी शून्य मत वा केही मात्र मत पाउने उम्मेदवार ‘डमी’ उम्मेदवार हुनसक्छन् । आजको गोरखापत्र दैनिकमा इश्वरचन्द्र झाले यो समाचार लेखेका छन ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ७ : ३८ बजे

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो