१५ बैशाख २०८१, शनिबार | April 28, 2024

लमजुङ जिसस चुनावमा कांग्रेस-माओवादी मिले पनि एमालेको एकल बहुमत



लमजुङ । लमजुङमा स्थानीय तह निर्वाचन मतपरिणाम अनुसार जिल्ला समन्वय समितिमा नेकपा एमालेको एकल बहुमत देखिएको छ । आठ स्थानीय तहको परिणामअनुसार एमालेको प्रमुख र उपप्रमुखको संख्या बढी छ ।

एमालेबाट बेसीशहर, मर्स्याङदी र क्होलासोँथारमा पालिका प्रमुख र उपप्रमुख दुवैमा जित हासिल गरी जिससका लागि ६ मत पक्का गरेको छ भने दोर्दीमा अध्यक्ष, सुन्दरवजार र मध्यनेपालमा उपप्रमुख पदमा जित हासिल गरी थप तीन मत रहेको छ ।

नेपाली कांग्रेसले राईनास, सुन्दरबजार, मध्यनेपाल र दुधपोखरी गरी जिल्लाका चार स्थानीय तहमा पालिका प्रमुखमा जित हासिल गरी चार मत पक्का गरेको छ भने दोर्दीमा उपाध्यक्ष पदमा जितेर थप एक मत पक्का गरेको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट राईनास र दुधपोखरीमा पालिका उपप्रमुख पदमा जित हासिल गरी जिसस निर्वाचनका लागि दुई मत बनाएको छ ।

जिल्ला समन्वय समितिको निर्वाचन प्रावधान अनुसार लमजुङमा १६ मत भार रहेको छ । निर्वाचन कार्यविधि अनुसार आठ स्थानीय तहका प्रमुख र उपप्रमुख जिल्ला समन्वय समिति निर्वाचनको मतदाता हुनेछन् । जिल्ला समन्वय समितिका लागि १६ मतमध्ये नौ मत नेकपा एमालेको रहेको छ भने कांग्रेसको पाँच मत र नेकपा माओवादीको दुई मत छ ।

कांग्रेस माओवादीबीच तालमेल भएमा पनि जिल्ला समन्वय समितिमा एमाले नै बलियो हुनेछ । जिल्ला समन्वय समितिका निर्वाचनका लागि सम्भावना बढेसँगै एमालेबाट आकांक्षि बढ्न थालेका छन् ।

स्थानीय तहको कुनै एक पदमा निर्वाचित व्यक्तिले मात्रै जिसस निर्वाचनमा उम्मेदार बन्न पाउने प्रावधान छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ९ : ३८ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म