१८ श्रावण २०८३, सोमबार | August 4, 2026

काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने नवनिर्वाचित मेयर साहको प्रतिवद्धता



काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौंलाई विश्वकै सुन्दर शहर बनाउने प्रतिवद्धता जनाएका छन् । मेयरमा विजयी भएलगत्तै सम्बोधन गर्दै उनले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउने प्रतिबद्धता जनाएका हुन् ।

‘काठमाडौं महानगर परिवारको रूपमा रहेको छ । सधै परिवार नै थियो र परिवार नै रहनेछ’, बालेनले भने, ‘हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेका छौं ।’

उनले अबको पाँच वर्षमा आफ्नो भिजन र एजेन्डालाई पूर्णरूपमा कार्यान्वयन गर्ने पनि प्रतिवद्धता जनाए । ‘आजबाट हामीले एउटा सुरुआतको रूपमा लिएका छौं । निर्वाचनको परिणाम जुन आएको छ । यसलाई हाम्रो विजयभन्दा पनि हाम्रो कार्यको सुरुआत हुनेछ’, उनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्य सम्पन्न गर्ने हाम्रो धारणा रहेको छ ।’

मेयरमा विजयी स्वतन्त्र उम्मेदवार शाहले ६१ हजार ७ सय ६७ मत ल्याए । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत बढी प्राप्त गरे । सिंहले ३८ हजार ३४१ मत ल्याएकी छन् । तेस्रो भएका एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाए ।

काठमाडौं महानगरको उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भइन् । उनी ६८ हजार ६१२ मतसहित उपमेयरमा विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८०६ मत पाए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १० : ०४ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क