१ माघ २०८२, बिहिबार | January 15, 2026

बालेनलाई बधाई दिँदै स्थापितले भने – हरेक मतपत्रको सम्मान गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु



काठमाडौं । एमालेबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापितले नवनिर्वाचित मेयर बालेन साहलाई बधाई दिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान बालेनलाई मेयरमा विजयी भएको घोषणा गरेपछि स्थापितले बधाई दिँदै आफूलाई अवसर दिने एमालेप्रति आभार व्यक्त गरेका छन् ।

‘म पटक/पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्य रूपमा लिएको छु । काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो। त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ,’ शुक्रबार जारी गरेको विज्ञप्तिमा स्थापितले भनेका छन् ।

पाँच वर्षे कार्यकालमा बालेनको विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्ने अपेक्षा पनि लिएको स्थापितले बताएका छन् । ‘जनताको सेवक भएर काम गर्ने मेरो आकांक्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन । यद्यपि, यहाँको विकास र यहाँको समृद्धिप्रतिको मेरो आकांक्षा अलिकति पनि धर्मराएको छैन। निर्वाचनमा पराजय भोग्दै गर्दा काठमाडौँ महानगरपालिकामा मेयर पदमा निर्वाचित बालेन साहलाई म शुभकामना भन्न चाहन्छु । काठमाडौँ महानगरवासीले तपाईमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु,’ उनले भनेका छन् ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १२ : २४ बजे

नेत्रविक्रम चन्द र मिराज ढुंगानाबीच चारबुँदे सहमति

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : शङ्कर पोखरेल

दाङ । एमाले महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र

सुर्खेत र सल्यानमा पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

सुर्खेत । पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका

एमालेले ४ गतेदेखि विशेष चुनावी अभियान सुरु गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले यही माघ ४ गतेदेखि

गगनको नेतृत्वमा घोषणापत्र लेखन समिति गठन, विश्वप्रकाशको नेतृत्वमा निर्वाचन परिचालन हुने

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वमा रहेको नेपाली