६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

ईद उल फित्र (ईद) को अवसरमा मुख्यमन्त्री पोखरेलद्रारा शुभकामना व्यक्त



बुटवल । इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र (ईद) को अवसरमा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले शुभकामना सन्देश दिनुभएको छ ।

मुख्यमन्त्री पोखरेलले शुभकामना संदेशमा इद उल फित्रले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने बताउनुभएको छ ।

उहाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको बताउदै संवैधानिक रुपमै मुस्लिम आयोगको गठन गर्ने व्यवस्था गरेर मुस्लिम समुदायप्रति सम्मान व्यक्त गरेको शुभकामना संदेशमा लेख्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ विरुद्धको संघर्षमा रहेको बताउदै नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन तीनै तहका सरकार स्पष्ट कार्ययोजना सहित समन्वय र सहकार्य गर्दै अघि बढेको बताउनुभएको छ । उहाले राजनीतिक, प्रशासनिक र सुरक्षा निकायलाई एकीकृत र व्यवस्थित रुपमा परिचालन गरिएको बताउनुभयो ।

कोभिड-१९ को जोखिम न्युनिकरणका लागि सरकारले गरेका निर्णय कार्यान्वयन गर्न नागरिकको साथ आवश्यक भएको र लडकडाउनको पालना गरी कोरोना विरुद्धको संघर्षमा नागरिकले दिएको साथ प्रशंसनीय भएको उहाको शुभकामना सन्देशमा बताउनुभएको छ ।

लकडाउनका कारण नागरिकको दैनिक जीवन असहज भइरहेको हामीले बुझेका छौं, तर लकडाउनकै कारण कोरोना जोखिम न्युनिकरणमा बल पुगेको छ, उहाले शुभकामना सन्देशमा भन्नुभएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ७ : ५४ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको