१८ श्रावण २०८३, सोमबार | August 4, 2026

अपडेट : लेते क्षेत्रमा २ पटक घुमेको थियो जहाज, मौसम प्रतिकुल हुँदा खोजीकार्य प्रभावित



पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सवा २ घण्टादेखि सम्पर्कविहीन छ । म्याग्दी कटेर उकालो लागेपछि जहाज बेपत्ता भएको बताइएको छ । मुस्ताङ थासाङ क्षेत्रका स्थानीयले उक्त जहाज त्यहाँ २ पटकसम्म घुमेको बताएका छन् ।

बादल लागेका कारण जहाज नदेखिएको तर आवाज ठूलो आएको उनीहरूलाई उदृत गर्दै लेतेमा रहेका पत्रकार सुशील थकालीले जानकारी दिए ।

‘यहाँका स्थानीयले आवाज सुनेका रहेछन् । प्रहरीले पनि त्यो आवाज सुनेको भन्नेछ,’ उनले भने, ‘बादलले टम्मै छ । कतै केही देखिँदैन । हल्का पानी परिरहेको छ ।’

अहिले प्रहरी लेते क्षेत्रमा केन्द्रित भएर खोजीमा जुटेको उनले बताए ।

बेपत्ता भएपछि खोजी सुरु भए पनि मौसमले प्रभावित बनाएको छ । मुस्ताङको जोमसोमबाट फिस्टेल एयरको हेलिकोप्टर खोजीका लागि निस्किए पनि बाक्लो बादल लागेका कारण त्यसै फर्किएको बताइएको छ ।

यस्तै पोखराबाट पनि नेपाली सेनाको जहाजमा रेस्क्यु टोली त्यसतर्फ गएको छ । ‘मौसम खराव छ । दुर्घटना कहाँ भयो भन्ने थाहा छैन,’ मुस्ताङका पत्रकार सुन्दर थकालीले भने, ‘मानापाथी र धवलागिरी हिमालकै वरपर यो दुर्घटना हुन सक्छ भनिएको छ । तर कहाँनिर भन्ने छैन ।’

उनका अनुसार मुस्ताङको मौसम निकै खराब अवस्थामा छ ।

सो जहाजमा चालक दलका तीन सदस्यसहित २२ यात्रु सवार थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १२ : १८ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क