२६ बैशाख २०८१, बुधबार | May 8, 2024

प्रतिकुल मौसमका कारण तारा एयरको जहाज खोजीमा कठिनाई, स्थलमार्गबाट सेना र प्रहरी पठाईयो



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्क विहिन रहेको तार एयरको टुविन्अटर ‘नाइन एनएइटी’ जहाजको खोजी कार्यमा मौसम बाधक बनेको जनाएको छ ।

प्राधिकरणले एक विज्ञप्ति जारी गर्दैै प्रतिकुल मौसमका कारण खोजीमा गएको फिस्टेल एयरको हेलिकप्टर पुनः जोमसोम फर्किएको बताएको छ ।

तारा एयरको टुविन्अटर ‘नाइन एनएइटी’ जहाज आज विहान पोखराबाट जोमसोम जाने क्रममा सम्पर्क विहिन बनेको थियो । जहाजमा चालक दलका तीन सदस्य सहित २२ जना यात्रु रहेका छन् । जहाजमा रहेका यात्रुमा १६ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन रहेका छन् ।

प्राधिकरणका अनुसार जहाज विहान पोखराबाट ९ः५५ बजे जोमसोमको लागि उडेको थियो । जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः०५ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो । सो पश्चात विमान सम्पर्क विहिन भएको प्राधिकरणले जनाएको छ ।

‘काठमाडौं, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरु स्ट्याण्ड बाई रुपमा रहेकोले मौसममा सुधार आउनासाथ हवाईमार्गबाट खोज कार्य पुनः सुरु गरिनेछ । स्थलमार्गबाट खोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरी समेत त्यस तर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारी गराइन्छ,’ प्राधिकरणले विज्ञप्तिमा भनेको छ ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १२ : ५४ बजे

सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकका सम्बन्धमा सुझाव सङ्कलन गर्न उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सार्वजनिक

कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया बढाउन माग

विराटनगर । कोशी प्रदेशसभाका दुई ठूला दल नेकपा (एमाले) र

दाँत परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज

वर्षापछि वायु प्रदूषण घट्दै

कामठाडौं । सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौं उपत्यकालगायत मुख्य सहरको

साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्ने : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साना तथा घरेलु उद्योगले देशको