२० मंसिर २०८२, शनिबार | December 6, 2025

‘राइट टर्न गर्नुपर्ने जहाजले लेफ्ट टर्न’ गर्दा दुर्घटना



काठमाडौं । तारा एयरको 9 एन-एईटी ट्विनअटर विमान सोमबार सानुसरे पहाडमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । जुन ठाउँ मुस्ताङको थासाङ गाउँपालिका-२ को मानापाथी हिमाल क्षेत्र १४ हजार ५ सय फिट उचाइमा पर्छ । उक्त विमानमा चालक दलका तीन सदस्य र १९ यात्रु गरी २२ जना चढेका थिए। यीमध्ये २१ जनाको शव फेला परेको छ। एक जना बेपत्तै छन् । १० वटा सोमबारै काठमाडौं लगिएको छ ।

१० वटा भने खराब मौसमका कारण बेंसी झार्न नसकिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । उनका अनुसार ती शव सोही स्थाननजिक सुरक्षा निकायको आधारशिविरमा राखिएको छ । पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोम उडेकोमा १०:०७ बजेपछि सम्पर्कविहीन भएको थियो । सुरुमै जोमसोमबाट पठाइएको हेलिकप्टर मौसम प्रतिकूल भएपछि त्यत्तिकै फर्किएको थियो । त्यसपछि पनि स्थल तथा हवाई माध्यमबाट खोजबिन गरिएको थियो । सोमबार भने हेलिकप्टरले विमान दुर्घटना भएको पुष्टि गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रेस विज्ञप्तिमा जनाएको छ । उक्त हेलिकप्टर बिहान ८ः१० बजे दुर्घटनास्थलमा अवतरण गरेको जनाइएको छ । मानापाथी लेकमा यार्सा टिप्न गएका सोलुखुम्बुका विशाल घर्ती मगरले दुर्घटना भएको खबर विभिन्न माध्यमबाट प्रहरीसमक्ष पु¥याएपछि हेलिकप्टर त्यसतर्फ उडेको जनाइएको छ ।

बिहानै उद्धारमा खटिएका सुरक्षाकर्मी र स्थानीयवासीले दिउँसो १ः३० बजेसम्म २१ जनाको शव संकलन गरेका थिए । खराब मौसमका कारण दिउँसो २ बजे उद्धार कार्य स्थगन गरी १० शव हेलिकप्टरमार्फत थासाङको कोवाङ ल्याएर मुचुल्का गरी दिउँसो ४ बजे १० वटै शव पोखरा हुँदै काठमाडौं पु¥याइएको हो । एक शव पत्ता लागे पनि पहाडको खोंचमा रहेकाले मंगलबार मात्र संकलन गरिने जिल्ला प्रहरी मुस्ताङका प्रहरी नायव उपरिक्षक रामकुमार दानीले बताए। २१ जनाको शव फेला परेको खबरले मर्माहत बनाएको तारा एयर प्रालिले प्रेस विज्ञप्तिमा जनाएको छ ।

यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको बताएका छन् । ‘राइट टर्न गर्नुपर्ने जहाजले लेफ्ट टर्न गरेर गएर भित्तामा ठोक्किएको प्रारम्भिक अध्ययनले देखाएको छ’, संसद्को अन्तर्राष्ट्रिय समितिको बैठकमा अधिकारीले भने। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुन्दरकुमार थकालीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ७ : ०० बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले