१४ भदौ २०८३, आइतबार | August 30, 2026

नेपाल पनि मंकीपक्सको जोखिममा



काठमाडौं । हाल दक्षिण अफ्रिकासहित विश्वका १४ भन्दा बढी देशमा फैलिरहेको मंकीपक्स भाइरस नेपालमा पनि फैलनसक्ने जोखिम रहेको विज्ञले औंल्याएका छन् ।

संक्रमित देशहरूबाट आवत-जावत भइरहेकाले नेपाल मंकिपक्सको जोखिममा रहेको उनीहरूको तर्क छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अफ्रिकी मुलुकमा करिब एक महिनाअघि देखिएको यो भाइरसबाट विभिन्न १४ मुलुकमा गरी २ सय जना संक्रमित भइसकेका छन् ।

मंकीपक्स भाइरस बाँदर, मुसा, लोखर्के, जंगली जनावरबाट मानिसमा संक्रमण भएको र पछि मानिसबाट मानिसमा फैलिएको डब्लुएचओले जनाएकोे छ । संक्रमित व्यक्तिको घाउबाट निस्केको तरल पदार्थ, मुखबाट खोक्दा निस्कने छिटा र यौन सम्पर्कबाट समेत यो भाइरस सर्ने पछिल्लो अध्ययनले औंल्याएको छ । संक्रमित राष्ट्रहरूमा समलिंगीहरूमा यो संक्रमण बढी फैलिएकाले यौन सम्पर्कबाट पनि सर्ने देखिएको हो ।

मंकीपक्स संक्रमण भएपछि छालामा फोका उठ्ने, बिमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरू सुन्निनेजस्ता लक्षण देखिन्छन् । यो भाइरसले शरीरका अन्य अंगमा असर गरी बिरामीको मृत्युसमेत हुन सक्छ । सामान्य अवस्थामा यो भाइरस संक्रमणका लक्षण २१ दिनपछि आफैं हराएर जाने विज्ञ बताउँछन् । चिकित्सकका अनुसार यसको असर बढी मात्रामा बालबालिका र वृद्धवृद्धामा पर्छ ।

संक्रमण भएमा तीन दिनदेखि चार सातासम्म लक्षण रहने भएकाले यो भाइरस एक व्यक्तिबाट अर्कोमा सर्ने सम्भावना बढी रहन्छ । आजको नागरिक दैनिकमा पवित्रा सुनारले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ७ : २३ बजे

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा

सुरुङ उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउन हुँदैन : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज