९ चैत्र २०८२, सोमबार | March 23, 2026

वामआन्दोलनका मुख्य नेताहरु नै वाम एकताको पक्षमा छैनन : झलनाथ खनाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मुल नेताहरु नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ वानेश्वस्थित संसद भवन पुगेका सम्मानित नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वाम एकता मलुकको आवश्यकता भएको बताए । तर, वाम एकताको पक्षमा मुख्य नेता भन्नेहरु नै नरहेको खनालले जिकिर गरे ।

खनालले नेताहरुले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझेसम्म एकता सम्भव नहुने स्पष्ट पारे । उनले भने, – ‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो । तर वामपन्थी आन्दोलनका आफुलाई मुल भन्ने नेताहरु जुन छन् नि ति नेताहरु एकताको पक्षमा छैनन् । त्यसकारणले नेताहरुले एकताको आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो ? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेला सम्म वामपन्थी एकता सम्भव नै हुँदैन ।’

खनालले बजेटमाथि छलफल भइरहेको बेलामा सांसदहरुको न्यून उपस्थिति हुनु राम्रो नभएको समेत टिप्पणी गरे । संसदलाई उपेक्षा गरेमा नराम्रा परिणामहरु आउने उनले चेतावनी दिए । उनले भने, ‘यो राजनीतिक पार्टीहरुले र स्वयम् सांसदहरुले संसदलाई कसरी हेर्नुहुन्छ, त्यसको महत्वलाई कसरी बुझ्नुहुन्छ, त्यहाँ हुने बहश, छलफल र आफैले पनि त्यसमा सहभागी हुने कुराको महत्वलाई कत्तिको गम्भिरतापुर्वक लिनुहुन्छ भन्ने कुरा माथि पनि निर्भर गर्छ । यसरी संसदप्रति उपेक्षा गरिनु राम्रो होइन । उपेक्षा गर्दै गयो भने यसले धेरै नराम्रा परिणामहरु ल्याउन सक्छ ।’

तर, नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले बजेट छलफलका क्रममा सांसदहरुको पर्याप्त उपस्थिति रहेको दाबी गरे । मन्त्रालयको काम र निर्वाचन क्षेत्रका मतदाताहरुसँग भेटनुपर्ने हुँदा सांसदहरुले कहिलेकाहीँ छोटो समय संसद बैठक छोड्ने गरेको उहाँले बताए । पुनले भने, – ‘माननीयहरु पर्याप्त उपस्थित हुनुहुन्छ । कहिलेकाहीँ आधि घण्टा, एकघण्टा बजेट चलिराखेको छ । मन्त्रालयका विनियोजनहरु चलिराखेको हुन्छ । त्यसमा पनि जानुहुन्छ माननीयज्यूहरु । निर्वाचन क्षेत्रका मतदाताहरु आउने, साथीभाई आउने, कहिले हस्पिटलको कुरो होला । कहिले अफिसको कुरा होला यस्ता स–साना कामहरुमा निस्किनु हुन्छ । तर यहाँ गम्भिर रुपले नै सहभागि भइरहनु भएको छ । उपस्थिति छ ।’

 

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ५ : २१ बजे

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ । नेपाल—चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक