१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

क्वारेन्टाइन भित्रै पुग्यो रक्सीको बोटल, ४१ जना क्वारेन्टाइन छाडेर भागे



कपिलवस्तु । आइसोलेसन र क्वारेन्टाइनबाट भाग्ने श्रृंखला निरन्तर जारी छ । धनुषा र पर्सामा आइसोलेसनबाट संक्रमित फरार भएको तथा बांकेमा क्वारेन्टाइनबाट भागेको समाचार आईरहेका बेला कपिलवस्तुको एउटा क्वारेन्टाईनबाट ४१ जना एकै पटक भागेका छन् । कपिलवस्तु नगरपालिका वडा नं. ४ को मालपारामा रहेको क्वारेन्टाईनबाट ४१ जना एकै पटक भागेका हुन् ।

क्वारेन्टाइन भित्रै मदिरा सेवन गरि दुई समुहबीच भनाभन भए पछी क्वारेन्टाईनबाट छाडेर भागेको बताइृएको छ। उनीहरु सुन्दर आधारभुत विद्यालय मा रहेको क्वारेन्टाईनमा रहेका थिए । क्वारेन्टाईनमा वसेको करीव १४ दिन पुगेको एक दुई दिनमा संक्रमण परिक्षण गरी बिदा गर्ने तयारी भईरहेको बेला उनीहरु भागेको क्वारेन्टाइन ब्यवस्थापनमा खटिएका एक कर्मचारीले बताए । यस अघि चितवनको एक क्वारेन्टाइनमा मदिरा सप्लाई गर्ने कारवाहीमा परेका थिए । कपिलवस्तुको क्वारेन्टाइनमा मदिरा कसरी पुग्यो भन्ने बिषयमा कसैले चासो देखाएको छैन ।

उनीहरु मध्ये धेरै भारतको मुम्वईबाट आएका थिए । कपिलवस्तुमा मुम्वईवाट आएका धेरैमा कोरोना संक्रमण समेत देखिएको छ । भारतीय सिमा नाघेर नेपाल भित्रिएका उक्त क्वारेन्टाईनमा कपिलवस्तुका ४ गाउका मानिसहरुलाई राखिएको छ । क्वारेन्टाइनमा मालपारा,गोपालपुर, विरपुर लगायतका गाउका स्थानीयलाई राखिएको छ । प्रशासनले सुरक्षा प्रदान नगरेकोकारण क्वारेन्टाईनमा बसेकाहरु गांउजाने रक्सी खाने गरेको कपिलवस्तु नगरपालिका ४ का वार्ड अध्यक्ष रबिन्द्र तिवारीले बताउनुभयो । मालमाराका ३ जनाले मदिरा सेवन गरी हो हल्ला र झगडा गर्न खोजेपछि उनीहरु क्यारेन्टाईन छाडेर गएको तिवारीले बताउनुभयो ।

क्वारेन्टाईनमा वसेकालाई नगरपालिकाले बस्ने ब्यवस्थापन गरेपनि खानाको प्रबन्ध नगरेकाले आफ्नै घरवाट खाना लिएर परिवारले खुवाईरहेकाछन् । खाना कपडा घरघरबाट ल्याउने लैजाने गर्दा असुरक्षा र जोखिम बढेको स्थानीयको गुनासो छ । क्वारेन्टाईन व्यवस्थीत नहुदा कपिलवस्तुका क्वारेन्टाईनबाट पटक पटक मानिसहरु भाग्ने गरेका छन ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ८ : ३४ बजे

आज सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ : सांसद सरस्वती बजिमय

काठमाडौं । वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन्

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति

उदयपुर । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र

इलाममा ४३ मत मात्र आएपछि कमल थापाको स्पष्टीकरण- संगठन कमजोर थियो !

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर

रुपन्देहीमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा अन्तरपालिका पुरुष भलिबल