२२ भदौ २०८३, सोमबार | September 7, 2026

मन्त्रालय फुटाउरै भएपनि लोसपालाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी



काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धनबाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मन्त्रालय फुटाएर भए पनि सरकारमा भित्र्याउने तयारी गरेका छन् ।

प्रधानमन्त्री देउवा लोसपालाई तत्काल सरकारमा ल्याउन दुई मन्त्री र एक राज्यमन्त्री दिन तयार भएका हुन् । सो विषयमा देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच सहमति भइसकेको स्रोतले बताएको छ ।

‘प्रधानमन्त्री लोसपालाई पनि सत्ता गठबन्धनमा समेट्न चाहनुहुन्छ, यो उहाँको स्थानीय तह निर्वाचन अघिदेखिकै चाहना हो, अहिले पनि त्यसमा प्रयास भइरहेको छ, दुई मन्त्री र एक राज्यमन्त्री लोसपालाई दिनेगरी उच्च तहमा छलफल भइरहेको छ,’ स्रोतले भन्यो ।

प्रधानमन्त्री देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वा उद्योग वाणिज्य तथा आपूर्तिमध्ये एक मन्त्रालय फुटाएर लोसपालाई सरकारमा ल्याउने योजना बनाएका हुन् । हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व माओवादी केन्द्रको र उद्योग, वाणिज्य तथा आपूर्ति कांग्रेसको भागमा छ ।

यस्तै, सरकारमा राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई पनि सरकारबाट बाहिर राख्ने योजना देउवाको छ । सो स्थानमा लोसपाकै नेतालाई राज्यमन्त्री बनाउने तयारी छ । यसैगरी, हाल खाली रहेको रक्षा मन्त्रालयमा सरकारमा रहेका आफ्नै दलका मन्त्रीलाई हेरफेर गरेर रिक्त हुने मन्त्रालयमा लोसपालाई ल्याउने योजनासमेत देउवाको छ ।

यसरी रिक्त हुने दुई मन्त्रालयमा लोसपालाई ल्याउने विषयमा प्रधानमन्त्री देउवाले सो दलका अध्यक्ष ठाकुरसँग संवाद गरिरहेका छन् ।

लोसपाले भने पहिले विगतदेखि नै आफ्नो दलले सरकारसँग राखेका मागका विषयमा प्रस्ट हुन सरकारलाई दबाब दिएको छ । उसले मंगलबार प्रधानमन्त्री देउवालाई ११ बुँदे लिखित मागसहितको पत्र नै बुझाएको छ ।

‘लोसपाले प्रधानमन्त्रीलाई आफ्ना माग राख्ने, त्यसमा प्रधानमन्त्रीले प्रतिबद्धता जनाउने र त्यसपछि लोसपा सरकारमा सहभागी हुनेगरी तयारी भएको हो,’ स्रोतले अघि भन्यो । लोसपा नेता केशव झाले भने सरकारमा सहभागी हुने हल्लामा कुनै सत्यता नरहेको दाबी गरे ।

‘लोसपा सरकारमा सहभागी हुने हल्लामा सत्यता छैन, हामीले विगतदेखि नै राख्दै आएका माग पूरा नभएसम्म सरकारमा जाने कुरा आउँदैन, सरकारमा जाने भए माग नै राख्ने थिएनौं,’ झाले भने ।

लोसपा नेत्री चन्दा चौधरीले पार्टीको आगामी नीतिका विषयमा छलफल भइरहेको जानकारी दिइन् । उनले सरकार र सत्ता गठबन्धनमा सहभागी हुने विषयमासमेत पार्टीभित्र र बाहिर छलफल जारी रहेको तर कुनै टुंगो भइनसकेको बताइन् ।

‘छलफल भइरहेको छ, पार्टीको आगामी नीति, सरकार र गठबन्धनमा सहभागी हुनेलगायतका विषयमा संवाद जारी छ तर कुनै टुंगो भइसकेको छैन,’ नेत्री चौधरीले भनिन् ।

लोसपाको कार्यकारिणी बैठकमा अध्यक्ष ठाकुरले सांसद नभएका व्यक्तिलाई पनि मन्त्री बनाएर पठाउनुपर्ने अवस्था आउन सक्ने बताएका थिए । तर, सांसदहरूले भने उनको सो भनाइप्रति आपत्ति जनाएका थिए ।

हाल सरकारमा प्रधानमन्त्रीसहित २१ जना फुल मन्त्री छन् भने तीन जना राज्यमन्त्री छन् । यी सबै गरी मन्त्रिपरिषद् २४ सदस्यीय छ । गत वर्षको २९ असारमा देउवा प्रधानमन्त्री बनेका थिए । नेपालको संविधानको धारा ७६ (९) मा बढीमा २५ जनामन्त्री बनाउन पाइने बाध्यकारी व्यवस्था छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ६ : २६ बजे

अवतरणका क्रममा अमेजन एयरको विमान दुर्घटनाग्रस्त, पाँचको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो

बार्सिलोनाको विजयी यात्रा कायमै, भ्यालेन्सियामाथि ५-० को शानदार जित

काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआतलाई निरन्तरता

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार