१७ बैशाख २०८१, सोमबार | April 29, 2024

दसगजामा भारतीय सुरक्षाकर्मीको जबर्जस्ती



काठमाडौं । नेपाल-भारत सीमाको दसगजा क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) र भारतीय सशस्त्र वन रक्षकले अनाधिकृत रूपमा निर्माण गरेको भौतिक संरचना सशस्त्र प्रहरी बल, नेपालले हटाएको छ ।

कञ्चनपुरको दोधारा-चाँदनीस्थित दसगजा क्षेत्रको भूभाग आफ्नोतर्फ पार्नेगरी भारतीय पक्षले जबर्जस्ती बनाएको भौतिक संरचना सशस्त्र प्रहरी बलले हटाएको हो । हटाउने क्रममा भारतीय सुरक्षाकर्मी भनाभनमा समेत उत्रिएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार, दोधारा-चाँदनीस्थित दसगजा क्षेत्रको भूभाग आफ्नोतर्फ पार्नेगरी भारतीय पक्षले सिमेन्टका पोल गाड्नुका साथै काँडेतार लगाएको थियो । सोको जानकारी पाएपछि १८ जेठमा देवीस्थानस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी)बाट सशस्त्र प्रहरी टोली खटिएको थियो । भारतीय सुरक्षाकर्मीले दसगजा क्षेत्रमा अनधिकृत रूपमा काम गरेको निक्र्याैलमा पुगेपछि सशस्त्र प्रहरीले सिमेन्टका पोल र काँडेतार हटाएको हो ।

सशस्त्र प्रहरीले सिमेन्टका पोल र तारजाली हटाउन थालेपछि सुरुमा भारतीय सुरक्षाकर्मीले अवरोध खडा गरेको स्रोतको भनाइ छ । ‘तर, सशस्त्र प्रहरीले अनाधिकृत रूपमा गाडेको सिमेन्टको पोल र तारजाली हटाएरै छाड्ने अडान राखेपछि भारतीय सुरक्षाकर्मी पछि हटे,’ स्रोतले भन्यो ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले यो विषयमा गृह मन्त्रालयलाई पनि जानकारी गराएको थियो । यो विषयमा गृह मन्त्रालयले भारतीय पक्षलाई समेत जानकारी गराउन परराष्ट्रलाई पत्राचार गरिसकेको छ ।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले सीमावर्ती क्षेत्रमा कसैले पनि एकतर्फी रूपमा संरचना बनाउन नपाइने बताए । उनले बनाएको खण्डमा सम्बन्धित निकायबाट सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराइने बताए ।

उता, नेपाली भूभागलाई असर पर्नेगरी भारतले नखाताल वन क्षेत्रको बाटोबाट नजिकै बनाएको ढुंगा र माटाको अग्लो संरचना पनि सशस्त्र प्रहरीले भत्काइदिएको छ । दोधारा-चाँदनी नगरपालिका-३ बडुवालटोलनजिकै भारतले सो संरचना निर्माण गरेको थियो ।

नेपालबाट बग्ने पानीको बहाव रोक्न भारतीय सशस्त्र वन रक्षकले सो संरचना बनाएको थाहा पाएपछि भूमिराज टोलस्थित बीओपीबाट खटिएको सशस्त्रको टोलीले भत्काइदिएको हो । सो ठाउँमा स्काभेटरलगायत उपकरणबाट अग्लो संरचना बनाउन थालेपछि सशस्त्रले भत्काएको हो । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ७ : २५ बजे

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक