२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

मुग्लिन-आँबुखैरेनी खण्डमा केही दिन ठूला सवारी नचल्ने



तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी-मुग्लिन खण्डमा केही दिन ठूला सवारी साधन नचल्ने भएका छन् ।

आँबुखैरेनी गाउँपालिका-४ पावर हाउस नजिक सडक भासिएकालेठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

प्रहरी नायब उपरीक्षक युवराज खड्काले साना सवारी साधनलाई एकतर्फी रूपमा सञ्चालन गरिएको जानकारी दिए । सडक भासिएको ठाउँबाट माइक्रो, साना कार, मोटरसाइकल मात्रै वारपार गराइएको उनको भनाइ छ ।

सडक भासिएको ठाउँमा सडक डिभिजन कार्यालयले शुक्रबारदेखि नै भित्ता काट्न थालेको छ । ठूला सवारी साधन सञ्चालन गर्दा जोखिम हुने भएकाले केही दिन ठूला सवारी साधन सञ्चालन गर्न नसकिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

शुक्रबार सडक भासिएर एउटा कार र एउटा मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ९ : १९ बजे

यसवर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र खडेरी पर्नसक्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३