३ पुस २०८२, बिहिबार | December 18, 2025

संविधान संशोधन विधेयक संसद बैठकमा पेश हुँदै



काठमाडौं । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विधेयक आज संसद पेश हुँदैछ ।

दिउँसो २ बजे बस्ने बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची बनेको छ ।

विधेयकलाई सर्वसम्मत पारित गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ सर्वलीय बैठकको आह्वान गर्नुभएको थियो । बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रियता जस्तो संवेदनशील मुद्दामा कुनै शर्त नराखी सबै दलहरु एकमत भएर सर्वसम्मत विधेयक पारित गर्नुपर्ने आग्रह गर्नुभएको थियो ।

विधेयकमा लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको नयाँ नक्सा संविधानको अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो ।

सरकारले गत जेठ ९ गते संसद सचिवालयमा संशोधन विधेयक दर्ता गरिएको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ७ : १७ बजे

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको