५ श्रावण २०८३, मंगलबार | July 22, 2026

गुल्मीका सबै पालिका प्रमुख र राजनितीकदलका प्रमुखहरु होम क्वारेन्टाइनमा



बुटवल । गुल्मी धुर्कोट गांउपालिका अध्यक्षमा कोरोना संक्रमण पुष्टी भएपछि गुल्मीका सबै स्थानीय तहका प्रमुख । अध्यक्ष र तिनका चालकलाई होम क्‍वारेन्टाइनमा राखिएको छ । पालिका अध्यक्षसंगको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा जिल्लास्थित राजनीतिक दलका प्रमुखहरुलाई पनि होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।

संक्रमित अध्यक्ष सहित गुल्मीका १२ वटै स्थानीय तहका प्रमुखहरु गत आइतबार जिल्ला समन्वय समितिले राखेको बैठकमा सहभागी भएका थिए । समन्वय समितिले राखेको बैठकमा भारतबाट गाउँ फर्किएकाको व्यवस्थापन, पालिकाहरुमा क्वारेन्टाईनको निर्माण तथा स्थानीय सुरक्षाका विषयमा छलफल भएको थियो ।

बैठकमा दुई गाउँपालिकाबाट उपप्रमुख, १० स्थानीय तहबाट प्रमुख सहित जिल्लाका राजनितीकदल र प्रशासनका अधिकारीहरु सहभागि रहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत शर्माले बताउनु भयो । बैठकमा सहभागि भएका आधारमा प्रशासनका अधिकारीहरु पनि क्वारेन्टाइनमा बस्नु पर्ने अवस्था देखिएको छ । सामाजिक दुरी कायम गरि बैठक भएकाले त्यती धेरै जोखिम नहुने प्रमुख जिल्ला अधिकारी शर्माको भनाई छ । यद्देपी बैठकमा सहभागि प्रशासनीक अधिकारीहरु पनि क्वारेन्टाइनमा बस्नुपर्ने कुरा उठेको उहांले बताउनु भयो ।

सबै जनप्रतिनिधि सहित बैठमा सहभागि भएकाहरुलाई होम क्वारेन्टाइनमै बस्न आग्रह गरिएको समन्वय समिति प्रमुख लक्षमण पराजुलीले बताउनुभयो ।पालिका प्रमुखहरु सहित तीनका चालकपनि आफ्नै होम क्वारेन्टाइनमा बसेका छन् । क्वारेन्टाइन बसेकाहरु मध्य केहीको पीसीआरका लागि स्वाब संकलन गरिएको छ । स्वाव संकलन गरिएकाहरुलाई रिर्पोट नआउँदासम्म सुरक्षित रुपमै घरमै बस्न भनिएको प्रजिअ शर्माले बताउनुभयो ।

कन्ट्रयाक्ट ट्रेसिङमा देखिएकाको पनि स्वाब संकलनको तयारी भइरहेको उनले बताए । त्यस्तै संक्रमित देखिएका धुर्कोट गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्षलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ । स्थानीय तहमा सबैभन्दा माथिल्लो पदाधिकारीलाई संक्रमण भेटिएको यो नै पहिलो घटना हो । बैठकमा मदाने र छत्रकोटबाट भने उप प्रमुखहरु बैठकमा सहभागि भएका थिए । यस अघि गुल्मी मदानैका शिक्षकको कोरोनाका कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ८ : १२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं