२९ मंसिर २०८२, सोमबार | December 15, 2025

क्वारेन्टाइन व्यवस्थापनमा खटिएका कञ्चनपुरका वडाध्यक्षको मृत्यु



कञ्चनपुर । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा खटिएका एक जना वडाध्यक्षको मृत्यु भएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको हो । वडा नम्बर ७ मा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन  व्यवस्थापनमा जुटेका बेला एक्कासी बेहोस भएपछि रानाकाे घटनास्थलमै मृत्यु भएको कृष्णपुर नगरपालिकाका मेयर कर्ण हमालले जानकारी दिनुभयो ।

उहाँको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । रानाको शव अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

मृतकको कोरोना परीक्षण समेत गरिने नगर प्रमुख हमालले बताउनुभयो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ९ : ०५ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले