१७ श्रावण २०८३, आइतबार | August 2, 2026

संसदको कार्यसूचिबाट किन हटाइयो संविधान संशोधन विधेयक ?



काठमाडौं । दलहरुबीच सहमति हुन बाँकी रहेपछि प्रतिनिधिसभामा रहेको संविधान संशोधन विधेयक बुधबारको कार्यसूचीबाट हटेको छ ।

कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ बैठकमा पेश गर्नेकार्यसूची रहेको थियो ।विधेयकमा नेपालको नयाँ नक्शा बमोजिम संविधानको अनुसूचि ३ अनुसार राष्ट्रिय चिन्ह परिवर्तन गर्ने विषय समेटिएको छ ।

तर, राजनीतिक दलहरुबीच संविधान संशोधनमा सर्वसम्मति हुन बाँकी रहेकाले आजका लागि कार्यसूचिबाट हटाइएको छ ।

प्रमुख विपक्षी दल नेपाली काँग्रेसले संविधान संशोधनमा सरकारलाई सघाउने तर पार्टी केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गर्ने जनाएको थियो ।

मधेश केन्द्रित दलहरु समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले भने संविधान संशोधनमा आफ्नो पनि माग समेटिनुपर्ने शर्त राखेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  १ : ३७ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो