२४ बैशाख २०८१, सोमबार | May 6, 2024

पाठ्यपुस्तक नै विवादित



काठमाडौं । सरकारले छपाइ गरेको विद्यालयको पाठ्यपुस्तक धर्म प्रचारमा प्रयोग भएको भन्दै विवादमा परेको छ । पाठ्यपुस्तकमा क्रिस्चियन धर्मलाई बढी प्राथमिकता दिएर सरकारले अक्षर तथा तस्बिर प्रकाशन गरी वितरण गरेसँगै विवादित बनेको हो ।

शिक्षा मन्त्रालयअन्तर्गतको जनक शिक्षा सामग्री केन्द्रले छपाइ गरेको पुस्तकमा ई अक्षरको परिचय गराउने क्रममा ईसा भनेर राखिएको छ । त्यससँगै इसा भनेर क्रिस्चियन धर्म र संस्कृति झल्कने तस्बिर राखिएको छ ।

अघिल्ला वर्षका पाठ्यपुस्तकहरूमा ईबाट ईश्वर भनेर राखिने गरेको थियो । योपटक भने क्रिस्चियन धर्म झल्किने गरी अक्षर संकेत राखेपछि विवाद सिर्जना भएको हो । सडक, सदनदेखि सामाजिक सञ्जालमा पाठ्यपुस्तकको विषयमा विवाद भइरहेको छ ।

एमाले सांसद भिम रावलले संसद् बैठकमा नै पाठ्यपुस्तक’bout विरोध जनाए । ‘मैले पाठ्यक्रममा हेरें । मैले एउटा पत्रिकामा पढें । अचम्म लाग्यो । त्यहाँ एउटा पाठ्यपुस्तकमा के लेखेको रहेछ भने, ई भनेको ईसा, ईसाले हाम्रो कल्याण गर्नुहुन्छ,’ उनले भने, ‘धर्म निरपेक्ष भनेको होइन देश ? मैले त बाल्यकालमा ई भनेको ईश्वर पढेको थिएँ । ल कसैलाई ईश्वर भन्न मन भएन, ई माने इमान किन लेख्नुभएन ?’

सांसद रावलले यस विषयमा शिक्षामन्त्रीलाई थाहा भएको छ कि छैन भनेर प्रश्न गर्दै अनुचित फाइदाका लागि यस्तो कार्य गरिएको त होइन भनेर आंशका समेत गरे । ‘कहाँबाट ईसा आयो ? यो शिक्षामन्त्रीलाई थाहा छ कि छैन ? कि सरकार आफैं संविधानमा सनातन धर्म मान्नुपर्नेछ, कसैको धर्म परिवर्तन गर भन्न पाइने छैन भनेर लेख्ने र भित्रभित्रैबाट आफैं कतैबाट फाइदा लिएर त लागेको छैन ?’ उनले भने । उनले सरकारले नेपाली जनताका लागि यो प्रश्नको जवाफ दिनुपर्ने माग गरे । ‘कसरी लेखियो त्यो पाठ्यक्रममा ? यो कुराको जवाफ दिनुपर्छ,’ उनले भने ।

सामाजिक सञ्जालमा पनि यस विषयमा अहिले व्यापक आलोचना भएको पाइएको छ ।

आर्यन कुमारले कलिलो बालमस्तिष्कमा ईसाको नाम स्कुलबाटै हाल्न काम सरकारले गरेको भन्दै आपत्ति जनाएका छन् ।

सरकारले छपाइ गरेको पाठ्यपुस्तकको अंग्रेजी विषयमा पनि क्रिस्चियन धर्मको प्रचार हुनेगरी सामग्री राखिएको पाइएको छ । अंग्रेजी पाठ्यपुस्तकमा ब्लेस भनेर क्रिस्चियन धर्म र संस्कृति जनाउने तस्बिर राखिएको छ भने मास भनेर पनि क्रिस्चियन धर्म धर्म र संस्कृति झल्कने तस्बिर राखिएको पाइएको छ ।

पाठ्यपुस्तकमा ब्युटिफुल भनेर सुन्दर महिलाको तस्बिर राखिएको छ भने सँगै अग्ली भनेर अनुहारमा कालो लगाइएको परम्परागत हिन्दू संस्कृति झल्कने महिलाको तस्बिर राखिएको छ । त्यस तस्बिरलाई पनि अग्ली भनेर चिनाउन हिन्दू पहिरनमा सजिएकी महिलाको तस्बिर राखिएको भन्दै आलोचना भएको पाइएको छ ।

सदनदेखि सडकसम्म यस विषयमा आलोचना हुँदै आए पनि सरकारले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ७ : ०६ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र