२० मंसिर २०८२, शनिबार | December 6, 2025

नारायणगढ-मुग्लिन सडक : एसियाली मापदण्डको बनाउँदा पनि समस्या उस्तै



भरतपुर । नारायणगढ-मुग्लिन सडक खण्डलाई दुई लेनमा स्तरोन्नति गरी एसियाली मापदण्डमा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याएको चार वर्ष पूरा हुन लागेको छ । सङ्घीय राजधानी काठमाडौँलाई देशका मुख्य भूभागसँग जोड्ने सडक खण्डको स्तरोन्नतिसँगै दुर्घटनामा कमी आउने र आवागमन सहज हुने विश्वास गरिएको थियो ।

तर अहिले दिनहुँजसो नै उक्त सडक खण्ड पहिरोले अवरुद्ध हुने गरेको छ । वर्षामा हिले पहिरो र हिउँदमा सुक्खा पहिरोको जोखिम अरू बढेको छ । पाँच वर्षदेखि नारायणगढ-काठमाडौँ माइक्रो चलाइरहेका चालक रवि मोक्तान नारायणगढ-मुग्लिन सडकका ठाउँठाउँमा हिउँद वर्षा जतिबेला पनि जोखिम रहेको बताए । उनले आँखा अगाडि सवारीसाधन पुरिएको स्मरण गरे ।

उनको भनाइलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ्कले पुष्टि गर्छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन विष्टले उक्त सडकमा दुई वर्षमा चारवटा सवारीसाधन पहिरोले पुरिएको जानकारी दिए । “पहिरोले जाम मात्रै हैन सतर्कता नअपनाउँदा सवारीसाधन नै पुरिने जोखिम बढ्दो छ”, उनले भने ।

उक्त सडक खण्डमा दैनिक १० हजारको हाराहारीका सवारीसाधन र त्यसमा यात्रा गर्ने लाखौँ यात्रु यात्रा गर्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका सहायक हवल्दार घनश्याम चौधरीका अनुसार गत साउनदेखि अहिलेसम्म उक्त सडकमा २० पटक पहिरो झर्दा १०१ घण्टा सडक अवरुद्ध भएको छ ।

नारायणगढ-मुग्लिन सडक खण्ड स्तरोन्नति भई २०७५ साउन ४ गते डिभिजन सडक कार्यालय भरतपुरलाई हस्तान्तरण भएको हो । त्यसयताको दुर्घटनाको तथ्याङ्क हेर्दा सञ्चालनमा आएको अघिल्लो वर्षभन्दा स्तरोन्नति भएर सञ्चालन भएको वर्ष बढेको देखिन्छ । आव २०७४/७५ मा ५१ वटा दुर्घटना भएकोमा आव २०७५/७६ मा ५५ वटा भएका छन् । ती दुर्घटनामा मृतक भने दुवै वर्ष २८ रहेका छन् । त्यसपछिका हरेक वर्ष दुर्घटना बढ्दो छ । आजको गोरखापत्र दैनिकमा वसन्त पराजुलीले यो समाचार छन ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ७ : ३१ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय