२२ जेष्ठ २०८३, शुक्रबार | June 5, 2026

अर्थतन्त्रलाई चलायमान बनाउन ‘भरतपुर भ्रमण वर्ष’

चितवन । आन्तरिक र विदेशी पर्यटकलाई भित्र्याउन सकेमा सुस्ताएको अर्थतन्त्र चलायमान हुने आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरुले धारणा राखेका छन् । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा आज यहाँ आयोजना गरेको छलफलमा सहभागीले कोभिडसँगै सुस्ताएको अर्थतन्त्र पर्यटनमार्फत चलायमान बनाउनुपर्ने बताएका हुन् । स्वदेशीसँगै विदेशी पर्यटक भित्र्याउन अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नुपर्नेमा उनीहरुको जोड थियो…