काठमाडौं । नेपाल राष्ट्र बैङ्कले निषेधाज्ञाको समयमा रेमिट्यान्स कारोबार सुचारु राख्न निर्देशन दिएको छ । शुक्रबार राष्ट्र बैङ्क विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले परिपत्र जारी गर्दै सबै रेमिट्यान्स कम्पनीलाई स्थानीय प्रशासनको निषेधाज्ञालाई पालना हुनेगरी कारोबार सूचारु राख्न निर्देशन दिएका हुन् । राष्ट्र बैङ्कले निर्देशन दिएसँगै रेमिट्यान्स कम्पनीहरुले समेत आफ्नो कारोबार बन्द गर्न नपाउने…