७ आश्विन २०८३, बुधबार | September 23, 2026

२० औ वर्ष पुरा गरेको अवसरमा माछापुच्छ्रे बैंकले ल्यायो ट्वेन्टी-ट्वेन्टी अफर, वि-च्याट वेलेटबाट पनि रकम भुक्तानी गर्न सकिने



काठमाडौं । माछापुच्छ्रे बैंकले स्थापनाको २० वर्ष पूरा गरेको अवसरमा ग्राहकहरुलाई लक्षित गरी विभिन्न सेवाहरु थप गरेको छ ।

२० औं वार्षिकोत्सवको अवसरमा बेंकले नेपालमै पहिलो पटक वि-च्याट वालेटबाट रकम भुत्तानीको सेवा सुरु गरेको छ जनाएको छ ।

बैंकले प्रकाशित गरेको विज्ञप्तिमा बैंकले २० औ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहक लक्षित विभिन्न नयाँ ६ वटा स्मार्ट सेवाहरु तथा योजनाहरु एकै साथ संचालनमा ल्याएको जनाएको छ ।
विज्ञप्तिमा बैंकले ग्राहकहरुले क्युआरकोड स्क्यान गरी आफ्नो खाताबाट नगद निकाल्न सक्ने गरी एमबीएल स्मार्ट काउण्टरको सुरुवात गरेको उल्लेख गरिएको छ । त्यसैगरी बैंकले आफ्नो नयाँ स्मार्ट वेवसाईट पनि शुक्रबारबाटै सञ्चालमा ल्याएको जनाएको छ ।

बैंकका अनुसार स्मार्ट वेवसाईटमार्फत बैंकका ग्राहकहरुले बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाईन आवेदन दिनसक्ने सक्ने छन् ।

बैंकले २० औ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुलाई लक्षित गरी विभिन्न २०–२० [ट्वेन्टी–ट्वेन्टी] अफरहरु समेत घोषणा गरेको छ ।

बैंकले आफ्नो वार्षिकोत्सवको पूर्वसन्ध्यामा ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकामा आफ्नो १६० औँ शाखा कार्यालय समेत संचालनमा ल्याएको छ ।

नेपालमा माछापुछ्रे बैंकको १६० वटा शाखाहरु रहेका छन् । बैंकले १३३ शाखारहित बैकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन समेत गरी जम्मा २९८ स्थानबाट बैकिङ्ग सुबिधा प्रदान गर्दै आएको छ । बैंकको देशभर १९९ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ९ : २३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज