२७ माघ २०८२, मंगलबार | February 10, 2026

बिक्दैनन् दारबाट बनेका ठेकाठेकी

बेनी । दशपाथे काठको ठेकीमा मदानी बेरेको नेतीलाई दाहिने र देब्रे हातले पालैपालो तानेर घ्वार्र.... घ्वार्र... गर्दै मही पारेको दृश्य म्याग्दीका ग्रामीण भेगमा देखिन छोडेको छ । सुविधा र बसाइँसराइका कारण गाउँमा पशुपालन गर्ने मानिसको सङ्ख्या घट्दै गएपछि काठका ठेकीमा मदानीले दही मथेर मही पार्ने चलन हराउँदै गएको हो । करिब एक दशकअघिसम्म म्याग्दीका ग्रामीण…