२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

चीन हुँदै तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात

काठमाडौं। चीन हुँदै तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात हुन थालेको छ । शुक्रबार नेपालको उत्तरी नाका चीन हुँदै पहिलोपटक तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात सुरु गरिएको हो । तातोपानी नाकाबाट नेपाली उत्पादन वाइवाइ चाउचाउ चीन हुँदै जापान निर्यात भएको हो ।