२४ बैशाख २०८१, सोमबार | May 7, 2024

खाली ट्रकको नाममा तस्करी, भैरहवा भन्सारबाट दोस्रो पटक समातियो बहुराष्ट्रिय कम्पनीको सामान



भैरहवा। भैरहवा भन्सार नाका हुँदै विना कागजात भारततर्फ जादै गरेको अवस्थामा ट्रकसहित टुथपेस्ट, पाउडर लगायतको सामान भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।

नेपालबाट बाहिरिने क्रममा युपी ५३ विटी ७८८३ नम्बरको टाटा ट्रकमा उक्त सामान भन्सार नाका अगाडिबाट बरामद भएको हो

भैरहवा भन्सार कार्यालय प्रमुख नारद गौतमले खाली ट्रक भनि जाने नाममा सामान लोड गरी लैजादै गरेको अवस्थामा कागजपत्र नभएको ट्रक सहितको सामान नियन्त्रणमा लिएको जानकारी दिए ।

“कागजपत्रविना नेपालबाट भारत जान लागेको सूचना प्राप्त भएपछि ट्रकलाई नाका (भन्सार गेट)बाट नियन्त्रणमा लिइएका छौ । कार्यालयले अनुसन्धान गरिरहेको छ, हामीले भारतीय कस्टमसँग समन्वय गरेर चालक र सहचालक खोज्ने प्रयासमा छौ ।“, आफू काठमाडौं भएकोले आएर मात्रै पुर्ण विवरण दिने उनले भने । उनका अनुसार ट्रकमा भएको सबै सामानको एकिन भएको छैन ।

प्रारम्भिक अनुसन्धानबाट उक्त ट्रकमा डाबरको रेड टुथपेस्ट, क्लोजअप टुथपेस्ट र पोन्डसको पाउडर लगायतको बस्तु रहेको पाएका छौ ।

नेपालबाट बाहिरिने क्रममा भन्सार अगाडिको कर्मचारीले त्यो गाडी चेकजाँचका लागि भनेका थिए । चालकले आनाकानी गर्दा इलाका प्रहरी कार्यालयको सहयोगमा गाडी चेकजाँचका लागि चालकलाई ढाला खोल्न भन्दा चालक र सहचालक फरार भएको थिए ।

स्रोतका अनुसार त्यो गाडी नेपालगन्ज नाकाबाट नेपाल भित्रिएको थियो, गाडीको स्वरुप नै उचाई ढालाको रहेकोले ढाला भन्दा केही तलसम्म मात्रै उक्त सामान मिलाएर त्रिपालले ढाकिएको अवस्थामा राखिएको थियो ।

भन्सार कार्यालयले यस अघि पुष ६ गते पनि भारत जान लागेको यस्तै ट्रकबाट ३ सय ५८ कार्टुन क्लोजअप टुथपेस्ट बरामद गरेको थियो । बरामद समानहरु बहुराष्ट्रिय कम्पनीका नेपालका लागि उत्पादन भएको सामान हो । भारतले यि बस्तुको आयातमा प्रतिबन्ध लगाएको तर खाली ट्रक चेकजाँच हुदैन भन्ने नाममा नेपालबाट अवैध रुपमा भित्रिने गरेको रहस्य खुलेको छ ।

यस अघिको र अहिले दुवै घटनामा भन्सार प्रमुख बाहिर हुँदा यो रहस्य बाहिरिएको छ । चेकजाँचमा खटिएको सोही कर्मचारीले नै यस अघिको ट्रक पनि रोकेर चेकजाँच गरेका थिए । बहुराष्ट्रिय कम्पनीबाट नेपालका लागि आएको उत्पादनहरु ठूलो मात्रामा केही समय पहिला बेलहिया–गोरखपुर सडकखण्डको कोल्हुईमा पनि बरामद भएको थियो ।

सिमा क्षेत्रबाट नेपालका लागि उत्पादित बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु अवैध तरिकाले भारत जाने गरेता पनि भन्सार कार्यालय अगाडिबाटै अहिले सम्मकै ठूलो मात्रामा सामान बरामद भएको हो । कसले कहाँ को मार्फत पठाईरहेको थियो भन्ने खुल्न सकेको छैन ।

ट्रकको अगाडि मात्रै एउटा नम्बर प्लेट रहेको छ भने पछाडि कुनै नम्बर प्लेट नरहेकोले ट्रक पनि शंकास्पद देखिएको छ । अन्नपूर्ण टर्मिनल्सले यो नम्बरको गाडी यस नाकाबाट प्रवेश नै नगरेको जानकारी दिएको छ । गाडी अन्यत्रबाट आएर भारत जान लागेको हुन सक्ने टर्मिनलले जानकारी दिएको छ ।

भैरहवामा रहेको डिलरले पछिल्लो समय ठूलो मात्रामा कसैलाई सामान विक्री नगरेको दाबी गरेका छन । बरामद सामान ठुलो मात्रामा रहेको र यस क्षेत्रबाट नभई सिमावर्ती जिल्लाका डिलर मार्फत आएको हुनु पर्ने दाबी गरे । चुस्त सुरक्षाको वावजुद पनि ठूलो मात्रामा मुख्य नाकाबाट तस्करी गराउनु विना सेटिङ सम्भव छैन । सुरक्षा निकाय, भन्सार ,निर्यातकर्ता र आयातकर्ताको संलग्नतामा मात्रै कसैले आट गर्न सक्छ ।

चालक र परिचालक फरार नेपालबाट भएपनि सिमामा एसएसबीले कुनै पनि नागरिकलाई परिचयपत्र चेकजाँच नगरी जानपनि दिदैन । भन्सार र सुरक्षा संयन्त्रको उपस्थितीले चासो नदिएको कारणपनि सम्बन्धित व्यक्ति सहजै फरार भएको देखिन्छ ।

भन्सार मुद्धा शाखाले अहिलेसम्म कसैले पनि सामान मेरो हो भन्ने दाबी कसैको नआएको बताए । कानगजपत्र पनि नरहेको यस्तो घटना यस अघिभएको थियो । त्यो पनि कसैले दाबी नगरेको कारण लिलाम पक्रियामा गएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ११ : ०३ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,