८ पुस २०८२, मंगलबार | December 23, 2025

नौबस्ता औद्योगिक क्षेत्र सञ्चालन गर्न माग

नेपालगन्ज । बाँकेको वैजनाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्र अविलम्ब सञ्चालन गर्न यहाँका उद्योगी तथा व्यवसायीले सरकारसँग माग गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग उद्योग वाणिज्य सङ्घ, नेपालगन्जले आज आयोजना गरेको अन्तक्रियामा उनीहरुले यसको व्यवस्थापनबाट उद्योगीका केही समस्या समाधान हुने बताए । उद्योगी तथा व्यवसायीले २०७२ सालमा स्थापना भएको सो औद्योगिक क्षेत्र २०७७…